कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

यूएईविरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौँ — दीपेन्द्र सिंह ऐरीले ४७ रनको अविजित इनिङ खेलेपछि यूएईविरुद्धको दोस्रो ट्वान्टी–२० खेलमा नेपालले ४ विकेटको जित हासिल गरेको छ । योसँगै तीन खेलको शृङ्खला १–१ को बराबरीमा पुगेको छ ।

यूएईविरुद्ध नेपालको रोमाञ्चक जित


१ सय ८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । सुरुआत राम्रो गर्न नसके पनि मध्यक्रममा दीपेन्द्र सिंह ऐरी र पवन सर्राफले छैटौं विकेटका लागि ५५ रनको साझेदारी गरेपछि नेपालको जितको आधार बनेको थियो ।

ओपनिङमा आएका कप्तान पारस खड्का पहिलो बलमै आउट भएका थिए । दोस्रो ओभरमा आउट भएका प्रदीप ऐरीले पनि ८ रनमात्र बनाउन सके । उपकप्तान ज्ञानेन्द्र मल्लले ७ र पहिलो खेलमा कीर्तिमानी अर्धशतक बनाएका सन्दीप जोरा आउट हुँदा नेपालले ४६ रनमा ५ विकेट गुमाइसकेको थियो ।

अन्तिम ओभरको पहिलो बलमा पवन सर्राफ १८ रनको स्कोरमा आउट हुँदा नेपाललाई जितका लागि अझै ७ रन आवश्यक थियो । त्यसपछिका २ बलमा दीपेन्द्रले छक्का र चौका प्रहार गरी शृङखला बराबरीमा ल्याएका हुन् । दीपेन्द्रले ४१ बलमा ४ चौका र १ छक्काको सहयोगमा अविजित ४७ रन बनाए ।

यसअघि दुवईको आईसीसी एकेडेमी ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले १९.२ ओभरमा अलआउट हुनुअघि १ सय ७ रन बनाएको थियो । युएईका चुन्दनगापोयिल रिज्वनले ४४, साइमन अनवार १४ र मोहम्मद बोताले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन छुन सकेनन् ।

बलिङतर्फ अभिनाश बोहोराले ३ विकेट लिए । सन्दिप लामिछाने, करण केसी र सोमपाल कामीले पनि २/२ विकेट झारे ।

शृङ्खला अन्तर्गत तेस्रो तथा निर्णायक खेल आइतबार हुनेछ ।


.............

संयुक्त अरब इमिरेट्सले दोस्रो ट्वान्टी–२० क्रिकेटमा नेपाललाई १०८ रनको लक्ष्य दिएको छ । दुबईस्थित आइसीसी एकेडर्मी ओभलमा शुक्रबार टस जितेर ब्याटिङ गरेको घरेलु टोलीले १९.२ मा सबै विकेट गुमाउँदै १०७ रन बनायो ।

नेपालका लागि डेथ ओभरमा बलिङ गर्न आएका अविनाश बोहराले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । यसअघि सोमपाल कामी र सन्दीप लामिछानेले पावर प्ले भित्रै ४ विकेट झारेपछि यूएई सुरुमै दबाबमा आएका थियो ।


यस्तै सोमपाल कामी, सन्दीप लामिछान‍े र करण केसीले २/२ विकेट लिए ।


यूएईको तर्फबाट ३ जना खेलाडीले मात्रै दोहोरो अंकको रन जोड्न सके । ओपनर चुन्दनगापोयल रिज्वनले सर्वाधिक ४४ रन बनाए ।


साइमन अनवर १४ / मोहोम्मद बोताले ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बटुल्न सकेनन् ।


...

संयुक्त अरब इमिरेट्स (यूएई) र नेपालबीचको दोस्रो टी–२० क्रिकेटमा नेपालले राम्रो सुरुआत गरेको छ । शुक्रबार घरेलु टोलीविरुद्ध टस हारेर फिल्डिङ गरिरहेको छ नेपालले ४ विकेट लिइसकेको छ । नेपालको तर्फबाट सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट लिएका छन् ।

तीन खेलको टी–२० शृङ्खलाअन्तर्गत नेपालले बिहीबार भएको पहिलो खेल गुमाइसकेको छ । नेपाललाई शृङ्खला आफ्नो पक्षमा पार्न आजको दोस्रो खेल जित्नै पर्ने दबाब छ ।

आजको खेल जित्नसके नेपालले शृङ्खला जित्ने सम्भावना कायम रहनेछ भने युएईले जिते एक खेलअगावै शृङ्खला आफ्नो पक्षमा पार्नेछ । एक दिवसीय शृङ्खला गुमाइसकेको घरेलु टोली यूएईका लागि टि–२० शृङ्खला जित्न गर या मरको अवस्थामा छ ।

प्रकाशित : माघ १८, २०७५ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?