कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

इन्फान्टिनो फिफामा एक्ला उम्मेदवार

एएफपी

लुजान — जियानी इन्फान्टिनोले दोस्रो कार्यकालका लागि विश्व फुटबल महासंघ (फिफा) को नेतृत्व गर्ने निश्चित भएको छ । विश्व फुटबलको नियामक निकायको नेतृत्वका लागि जुन महिनामा हुने निर्वाचनमा उनको मात्र उम्मेद्वारी परेको बुधबार फिफाले जनाएको छ ।

इन्फान्टिनो फिफामा एक्ला उम्मेदवार

भ्रष्टाचार प्रकरणमा तत्कालीन अध्यक्ष सेप ब्लाटर प्रतिबन्धमा परेपछि सन् २०१६ को फेब्रुअरीमा इन्फान्टिनो अध्यक्षमा निर्वाचित भएका थिए । महिला विश्वकपअघि फिफाको निर्वाचन जुन ५ मा फ्रान्सको पेरिसमा हुँदै छ ।


स्वीट्जरल्यान्ड र टोटेनहमका पूर्व डिफेन्डर रमोन भेगाले इन्फान्टिनोको विरुद्धमा उम्मेदारी दिने इच्छासहितको घोषणा गरेका थिए । तर फिफाका २ सय ११ सदस्य राष्ट्रमध्ये कम्तीमा ५ सदस्य राष्ट्रको समर्थक पाउन उनी असफल भए ।


इन्फान्टिनोले सन् २०२२ मा कतारमा हुने विश्वकपलाई विस्तार गर्ने सम्भावनासाथ सन् २०२६ को विश्वकपमा सहभागी राष्ट्रको संख्या ३२ बाट बढाएर ४८ पुर्‍याउने योजना प्रस्तुत गरेका छन् । खाडी राज्यमा एक विस्तारित प्रतियोगिता सञ्चालनको व्यवहारिकताबारे अध्ययनपछि मार्चमा फिफाले यसबारे निर्णय गर्ने भएको छ ।


यूईएफएका पूर्व महासचिव इन्फान्टिनोले सन् २०२१ देखि क्लब विश्वकपमा पनि सहभागी टोलीको संख्या विस्तार गरी २४ पुर्‍याउने योजना बनाइरहेका छन् । एकमात्र उम्मेदारको रुपमा बिहीबार यूईएफएको अध्यक्षमा पुन: निर्वाचित हुन लागेका स्लोभेनियाका अलेक्जान्डर केफेरिन यो योजनाको विरोधमा छन् ।

प्रकाशित : माघ २४, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?