२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

सुशील र दिवाना सर्वोत्कृष्ट बक्सर

काठमाडौँ — त्रिभुवन आर्मीका सुशील थापा र नेपाल पुलिस क्लबकी दिवाना शेर्मा शनिबार वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ च्याम्पियनसिपको सर्वोत्कृष्ट बक्सिङ खेलाडी भएका छन् ।

सुशील र दिवाना सर्वोत्कृष्ट बक्सर

सर्वोत्कृष्ट भएसँगै बक्सिङको इतिहासमै पहिलोपल्ट सुशीलले टीभीएसको मोटरसाइकल र दिवानाले स्कुटर पुरस्कार जितेका छन् । दुवै विजेतालाई आयोजक वीर गणेशमान फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंह, प्रतियोगिता संयोजक राजीव श्रेष्ठलगायतले पुरस्कृत गरे । वसन्तपुर डबलीमा शनिबार प्रतियोगिताको पुरुषतर्फ आर्मी टिम च्याम्पियन बन्यो । शनिबार ८ फाइनलमध्ये आर्मीले ५ स्वर्ण जितेको थियो । अघिल्लो दिन आर्मीले महिलामा सफलता पाएको थियो ।


पुरुष ४९ केजी तौलमा आर्मीका सुशील थापाले एपीएफका प्रदीप महर्जनलाई हराएर स्वर्ण जिते । प्रदेश ६ का मोहन गुरुङ र प्रदेश ७ का भानु विष्टले कांस्य थापे ।


५२ केजीको स्वर्ण आर्मीका प्रेम चौधरीले एपीएफका विक्रम परियारलाई हराएर जिते । पुलिसका चन्द्रबहादुर थापा र प्रदेश १ का सुलभराज तुलाधर कांस्य जित्न सफल भए ।


आर्मीकै विमल रोकाले ५६ केजीको स्वर्ण भिडन्तमा एपीएफका पूरन राईलाई पराजित गरे । प्रदेश २ का गणेश थापा र प्रदेश ७ का महेन्द्र चन्दले कांस्य पाए ।


पुलिसका दिनेश श्रेष्ठले ६० केजीको स्वर्ण जित्दा आर्मीका एकबहादुर घलेलाई हराए । प्रदेश ५ का गणेश थापामगर र एपीएफका प्रकाश लिम्बुले कांस्य जिते ।


पुलिसका भूपेन्द्र थापाले एपीएफका सोनाम सार्कीलाई हराएर ६४ केजी तौलको स्वर्ण जिते । आर्मीका सुरेश नेपाली र प्रदेश ६ का इन्द्र सुनारले कांस्यमा चित्त बुझाए ।


६९ केजीमा एपीएफका विकास लामाले स्वर्ण, आर्मीका विष्णुप्रसाद घलेले रजत तथा प्रदेश १ का राजेश गुरुङ र प्रदेश ३ का मनीष डंगोल कांस्य पदक जिते ।


एपीएफका सुमन कार्कीले ७५ केजी तौलको फाइनलमा आर्मीका दीपक श्रेष्ठलाई वाकओभर दिए । प्रदेश २ का दिवस गुरुङ र प्रदेश ३ का दिवेश भूमिलालले कांस्य जिते ।

प्रकाशित : माघ २७, २०७५ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?