डिपीएल अपडेट : रोमाञ्चक खेलमा रुपन्देहीको जित

कान्तिपुर संवाददाता

धनगढी — रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको पहिलो दिनको दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्सले महेन्द्रनगर युनाइटेडलाई २ रनले पराजित गरेको छ । ११२ रनको विजय लक्ष्य लिएर आएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाइ १०९ रन मात्रै बनाउन सक्यो ।

टोलीका आनन्द सुब्रमनियन् २५ र रोहित पौडेलले २४ रन बनाए। कप्तान शरद भेषावाकर ४, कुशल मल्ल ९, आरिफ शेख ५ र सिद्धान्त लोहनी ४ रनमा आउट भएका थिए।

रुपन्देहीका विक्रम सोबले ३ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए। त्यस्तै पुनित मेहराले २ तथा ललितसिंह भण्डारी, कृष्ण कार्की र बसन्त रेग्मीले १/१ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङमा आएको रुपन्देहीको तर्फबाट सर्वाधिक सुमित महर्जनले २७ रन बनाए। यस्तै प्रदीप ऐरी १, सन्दीप सुनार १५, बाबर हायत १४, विनोद भण्डारी १९, पुनित मेहरा ३, भीम सार्की २ रन बनाउँदै आउट भए।

यस्तै कप्तान बसन्त रेग्मी र ललितसिंह भण्डारी शुन्यमा आउट भए भने कृष्ण कार्कीले ४ रन जोडे। विक्रम सोब १० बलमा १६ रन बनाउँदै अविजित रहे।

महेन्द्रनगरको बलिङतर्फ सिद्धान्त लोहनीले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए। सागर ढकाल र अविनाश बोहराले २/२ विकेट लिए। कप्तान शरद भेषावकरले १ विकेट लिए।

...
रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको पहिलो दिनको दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेडबीच हुँदै छ। रुपन्देहीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ।

निर्धारित तालिका अनुसार डीपीएल शनिबार सुरु हुने कार्यक्रम थियो। तर वर्षाका कारण प्रतियोगिता दुई दिनलाई पछाडि धकेलिएपछि सोमबारबाट सुरु भएको हो।
प्रतियोगिताका सबै खेलहरु फाप्ला मैदानमा हुनेछ। यो प्रस्तावित ड्रिम फाप्ला अन्तर्राष्ट्रिय मैदान हो।

प्रकाशित : माघ २८, २०७५ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्

किसानलाई तर्साउने कानुन

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय संसदमा खेतीयोग्य जमिन बाँझो राख्नेहरूलाई कानुनी कारबाही गर्ने व्यवस्था सहितको विधेयक पेस भएको छ ।

देशको कृषिउपजमा परनिर्भरता दिनहुँ बढ्दै गइरहेको अवस्थामा जमिनलाई कम बाँझो राखेर कृषिको उत्पादन बढाउने मनसाय राख्नु नराम्रो होइन । तर आमनेपाली किसानले भोगेको समस्या कानुनी पाटोले मात्र समाधान गर्ने अवस्थाछैन । कानुन निर्माण गरेर मात्र कृषि क्षेत्रमा अभूतपूर्व परिवर्तन होला भन्ने विश्वास गर्ने आधार छैन ।


कुनै जमानामा छिमेकी देशमा अन्य कृषिउपज निर्यात गर्ने नेपालको परनिर्भरता चुलिनुको कारण मिहिन ढङ्गले विवेचना गर्नु जरुरी देखिन्छ । हाम्रा विगतका कृषि नीतिले के कति समस्या समाधान गर्नसके भनेर पनि केलाउनुपर्छ । विगतका आर्थिक योजना, कृषि नीतिहरूमा जुन उद्देश्य राखिएको थियो, त्यसको कार्यान्वयन अभावमा देश परनिर्भरताको जालोमा बेरिन पुगेको छ । आज कुनै पनि युवा कृषिमा आफ्नो भविष्य खोज्न चाहँदैन । खेती किसानी कुनै तल्लो स्तरको पेसाजस्तो भएको छ । कृषिमा दोब्बर लगानी गरेर युवा पुस्ता विदेश जान्छ । शिक्षित वर्गले कृषिकर्म गर्नुहुन्न भन्ने सोच समाजमा ब्याप्त छ । पहाडमा खेतबारी बाँझै छन् । तराईको जमिन प्लटिङ गरेर धमाधम बिक्री हुँदैछ । जनशक्तिको अभाव भएका बेला जमिन बाँझो राख्यो भनेर कारबाही गर्ने कसलाई ?


कृषिको समस्या समाधानका लागि कृषिकर्मलाई मर्यादित बनाउनु जरुरी छ । युवालाई आकर्षित गर्ने नीति सरकारले निर्माण गर्नुपर्छ । खेतीपातीमा प्रविधिको प्रयोगलाई बढाउँदै सामूहिक कृषि प्रणालीतर्फ अघि बढ्नुपर्छ । कृषिमा ऋण दिने प्रक्रियामा सरल र सहज हुनुपर्छ । किसानले उचित मूल्य नपाउने र बिचौलिया मोटाउँदै जाने प्रवृत्ति छ । भूमाफिया र बिचौलियालाई कारबाही गर्न जरुरी छ । किसानमा खेती सम्बन्धी उचित ज्ञानको अभावमा विषादी प्रयोग बढ्दै गएको छ ।यसमा नियन्त्रण आवश्यक छ । कानुन किसानलाई प्रोत्साहन गर्ने खालको हुनुपर्छन कि डर देखाउने ।
– मनोज लम्साल, देवचुली–३, नवलपुर

प्रकाशित : माघ २८, २०७५ १०:१४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT