तस्बिरमा हेरौं काठमाडौं र धनगढीको खेल

तस्बिर : हेमन्त श्रेष्ठ

धनगढी — रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको पहिलो दिनको पहिलो खेल काठमाडौं गोल्डेन्स र धनगढी स्टार्सबीच भएको छ । सोमबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले धनगढीलाई ४ विकेटलेे पराजित गर्‍यो ।

प्रकाशित : माघ २८, २०७५ १८:५०

टस हारेर ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३२ रन बनायो । जवाफी ब्याटिङमा आएको काठमाडौंले १ बल बाँकी हुँदा लक्ष्य भेट्टायो । र, डीपीएलमा जितको सुरुआत गर्‍यो ।

प्रतिक्रिया
पठाउनुहोस्

अस्ट्रेलियामा दोस्रो पुस्तालाई प्रोत्साहन

कान्तिपुर संवाददाता

अस्ट्रेलिया — अस्ट्रेलियामा रहेका दोस्रो पुस्ताका नेपालीहरुलाई प्रोत्साहन दिने उद्देश्यले उच्चशिक्षा सम्पन्न गरेका बालबालिकाहरुलाई पहिलोपटक सम्मान तथा पुरस्कृत गरिएको छ । 

अस्ट्रेलियाको विभिन्न बिद्यालयहरुबाट कक्षा १२ उत्तिर्ण गरेका बालबालिकाहरुलाई दक्षिण अस्ट्रेलियामा रहेको नेपाली पाठशालाले उनीहरुलाई सम्मानपत्र सहित सम्मान गरेको छ । अस्ट्रेलियाको शैक्षिक संकायमा विद्यालय स्तरको उच्चशिक्षा सम्पन्न गर्नुलाई महत्वका साथ हेर्ने गरिएको छ ।

सोही अन्तरगत उच्चशिक्षा सम्पन्न गरेका विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको आयोजक संस्थाका कपिल पाण्डेले जानकारी दिए ।यहाँ रहेका नेपाली बालबालिकाहरुलाई नेपाली कलासंस्कृति तथा परम्पराहरुको बारेमा जानकारी दिने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा सांस्कृतिक र साहित्यिक कार्यक्रमहरुको समेत आयोजना गरिएको थियो ।

अस्ट्रेलियामा दोस्रो पुस्ताका नेपालीहरुको उपस्थिती समेत बढ्दै गएको सन्दर्भमा सम्मान कार्यक्रमले उनीहरुलाई आफ्नो जन्मभूमीको बारेमा धेरै जानकारी हुने कार्यक्रमका प्रमुख अतिथी एनआरएन केन्द्रीय सदस्य गोकुल घिमिरेले बताए ।

कार्यक्रम आयोजक संस्थाका संस्थापक डा. सुनील शर्माले यस किसिमको कार्यक्रमले दोस्रो पुस्ताका नेपाली युवाहरुलाई आफ्नो देशमा केही गर्ने सोचको विकास हुने बताए । शर्माले कार्यक्रमको मुख्य उद्देश्य नेपालको बारेमा जानकारी दिनुका साथै बढ्दै गरेको दोस्रो पुस्तालाई उनीहरु मार्फत् नेपालको कलासंस्कृति र परम्पराको जानकारी दिनु रहेको जानकारी दिए ।

प्रकाशित : माघ २८, २०७५ १८:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्