कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

डीपीएल अपडेट : अत्तरियाद्वारा धनगढी पराजित

धनगढी — रूस्लान धनगढी प्रमियर लिग (डीपीएल) को तेस्रो संस्करणको दोस्रो दिनको पहिलो खेल सीवाइसी अत्तरियाले धनगढी स्टार्सलाई ५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको सीवाइसी अत्तरियाले ५ विकेट गुमाउँदै ९५ रन बनायो ।

डीपीएल अपडेट : अत्तरियाद्वारा धनगढी पराजित

जवाफमा आएको धनगढीले ९ विकेट गुमाइ ९० रन मात्रै बनाउन सक्यो । दुईपटकको च्याम्पियन धनगढीको यो लगातार दोस्रो हार हो । धनगढी सोमबार काठमाडौं गोल्डेन्ससँग ४ विकेटले हारेको थियो ।


राजु रिजालले अविजित २६ रन बनाएपनि धनगढीलाई विजय दिलाउन सकेनन् । रोहन मुस्तफा १८, सन्दीप रजाइली र सोमपाल कामी ११ र १० रनमा आउट भए ।


अत्तरियाका भुवन कार्कीले ४ ओभरमा १० रन खर्चेर ४ विकेट लिए । त्यस्तै सन्नी पटेलले ४ ओभरमा १७ रन खर्चेर २ तथा कप्तान दीपेन्द्रसिंह ऐरी र दीपन्द्र रावतले १/१ विकेट लिए ।

मंगलबार फाप्ला क्रिकेट मैदानमा भएको खेलमा सीवाइसीका सन्नी पटेलले २८ बलमा ३५ रन बनाइ अविजित रहे । जयकसिन कोल्सावालाले २१, प्रमे तामाङले १२ र कप्तान दीपेन्द्रसिंह ऐरीले ११ रन बनाए ।


यस्तै बलिङ तर्फ धनगढीका विदेशी खेलाडी रोहन मुस्तफाले २ विकेट लिए । सोमपाल कामी, विपिन खत्री र अमिर हायतले १/ विकेट लिए ।



प्रकाशित : माघ २९, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?