ट्वान्टी–२० वरीयतामा सन्दीपको फड्को

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला जिताउन प्रेरणादायी भूमिका खेलेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का ट्वान्टी–२० अलराउन्डरमा ४० औं स्थानमा उक्लिएका छन् । उनी यसअघि ४३ औं स्थानमा थिए । 

ट्वान्टी–२० वरीयतामा सन्दीपको फड्को

यूएईविरुद्धको शृंखला २–१ ले जितेपछि पारस अलराउन्डरको वरीयतामा ७६ रेटिङ अंकसाथ करिअरको उच्च स्थानमा आएका हुन् । उनले ब्याटिङ वरीयतामा पनि ५ स्थान सुधार गर्दै ९० औं स्थान हासिल गरे ।


करिअरकै उत्कृष्ट ४ सय ९ अंकसाथ बलिङतर्फ २२ स्थान सुधार गरी सोमपाल कामी ७० औं स्थानमा आए । समान अंकसाथ वसन्त रेग्मी ७१ औं स्थानमा रहे । सोमपाल ब्याटिङ वरीयतामा भने ५१ औं स्थानमा छन् ।


विश्व वरीयतामा युवा स्टार सन्दीप लामिछानेले छलाङ मारेका छन् । उनले ३६ स्थान सुधार गरी १ सय ५९ औं स्थानमा आइपुगेका छन् । जुन उनको करिअरकै उत्कृष्ट हो ।


अलराउन्डरतर्फ करण केसी १ सय २३ औं र वसन्त रेग्मी १ सय ३६ औं स्थानमा छन् । यूएईविरुद्धको शृंखलाअन्तर्गत पहिलो खेलमा कीर्तिमानी अर्धशतक बनाएका १७ वर्षीय सन्दीप जोरा पनि वरीयतामा समेटिएका छन् । उनले १ सय ३४ औं वरीयता पाएका छन् । ब्याटिङमा शरद भेषावकर १ सय ११ र ज्ञानेन्द्र मल्ल १ सय ५० औं स्थानमा छन् ।


राष्ट्रिय टोलीबाट पहिलो शृंखलामै उत्कृष्ट खेलाडी बनेका अविनाश बोहरा बलिङतर्फ वरीयतामा समावेश भएका छन् । उनी १ सय ८६ औं स्थानमा रहे । कप्तान पारस १ सय २८ र करण केसी १ सय ३७ औं स्थानमा छन् ।

प्रकाशित : माघ २९, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?