डीपीएल अपडेट : विराटनगरविरुद्ध रुपन्देहीको सहज जित

विनोद पाण्डे, कञ्चन अधिकारी

धनगढी — रूस्लान धनगढी प्रमियर लिग (डीपीएल) मा रुपन्देही च्यालेन्जर्सले लगातार दोस्रो जित हात पारेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार दिउँसो विराटनगर किंग्सविरुद्ध भएको खेलमा ५ विकेटको विजय निकाल्दै दोस्रो जित हात पारेको हो ।

विराटनगर किंग्सले दिएको ९४ रनको लक्ष्य रुपन्देहीले १३.१ ओभरमा ९५ रन पुरा गर्दै भेट्टाएको थियो।

भीम सार्की १२ र कप्तान बसन्त रेग्मी ८ रनमा अविजित रहे। टोलीलाई विजय बनाउँदा पुनित मेहराले २७ बलमा ४६ रन बनाए। उनले २ चौका र ४ छक्का प्रहार गरे।

बाबर हायतले १७ रन जोडे। प्रदीप ऐरी २, सन्दीप सुनार शुन्य र विनोद भण्डारी ७ रनमा आउट भए।

बलिङतर्फ विराटनगरका किंग्सका अविनाश यादवले २ तथा करण केसी, सुशन भारी र सम्साद शेखले १/ १ विकेट लिए।


यसअघि विराटनगरको तर्फबाट राजेश पुलामीमगरले सर्वाधिक १७ रन बनाए। यस्तै मोहम्मद असदूल्लाह खानले १६, मोहम्मद सम्साद शेखले १० र कुशल भूर्तेलले १२ रन बनाए।

हरिशंकर साह शुन्यमा आउट भए भने आसिफ शेख ८, पृथु बाँस्कोटा ४, सुवास ऐर ९, अविनाश यादव ७ र कप्तान करण केसी २ रन बनाउँदै पबेलियन फर्किए।

बलिङतर्फ रुपन्देहीका विदेशी खेलाडी पुनीत मेहराले ३ विकेट लिए। ललितसिंह भण्डारी कप्तान बस्नत रेग्मीले २/२ विकेट लिए। बिक्रम सोब र कृष्ण कार्कीको नाममा १/१ विकेट रह्यो।

प्रकाशित : माघ २९, २०७५ १३:०१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

ट्यांकरले ठक्कर दिँदा २ जनाको मृत्यु 

नारायण शर्मा

नवलपरासी — नवलपुरमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यू भएको छ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत कावासोती नगरपालिका १६ डण्डामा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ३ ख ९१५८ नम्बरको दुध बोक्ने ट्ंयाकरले विपरित दिशातर्फ जाँदै गरेको बा २८ प २०३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

मंगलबार राति १० बजे ट्यांकरको ठक्करबाट गम्भिर घाईते भएका उनिहरुको उपचारका क्रममा मध्यविन्दु सामुदायिक अस्पताल डण्डामा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यू हुनेमा मोटरसाईकल चालक मध्यबिन्दु नगरपालिका-२ बस्ने करिब ४० बर्षिय युबराज घिमिरे र मोटरसाईकलमा सवार सोही ठाउका अन्दाजी ३६ बर्षिय पिताम्बर पाठक रहेक छन्।
ठक्कर दिने ट्यांकर र चालकलाई जिल्ला प्रहरी कार्यालय नवलपुरले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : माघ २९, २०७५ ११:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्