कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

डीपीएल अपडेट : विराटनगरविरुद्ध रुपन्देहीको सहज जित

धनगढी — रूस्लान धनगढी प्रमियर लिग (डीपीएल) मा रुपन्देही च्यालेन्जर्सले लगातार दोस्रो जित हात पारेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार दिउँसो विराटनगर किंग्सविरुद्ध भएको खेलमा ५ विकेटको विजय निकाल्दै दोस्रो जित हात पारेको हो ।

डीपीएल अपडेट : विराटनगरविरुद्ध रुपन्देहीको सहज जित

विराटनगर किंग्सले दिएको ९४ रनको लक्ष्य रुपन्देहीले १३.१ ओभरमा ९५ रन पुरा गर्दै भेट्टाएको थियो ।


भीम सार्की १२ र कप्तान बसन्त रेग्मी ८ रनमा अविजित रहे । टोलीलाई विजय बनाउँदा पुनित मेहराले २७ बलमा ४६ रन बनाए । उनले २ चौका र ४ छक्का प्रहार गरे ।


बाबर हायतले १७ रन जोडे । प्रदीप ऐरी २, सन्दीप सुनार शुन्य र विनोद भण्डारी ७ रनमा आउट भए ।


बलिङतर्फ विराटनगरका किंग्सका अविनाश यादवले २ तथा करण केसी, सुशन भारी र सम्साद शेखले १/ १ विकेट लिए ।


यसअघि विराटनगरको तर्फबाट राजेश पुलामीमगरले सर्वाधिक १७ रन बनाए । यस्तै मोहम्मद असदूल्लाह खानले १६, मोहम्मद सम्साद शेखले १० र कुशल भूर्तेलले १२ रन बनाए ।


हरिशंकर साह शुन्यमा आउट भए भने आसिफ शेख ८, पृथु बाँस्कोटा ४, सुवास ऐर ९, अविनाश यादव ७ र कप्तान करण केसी २ रन बनाउँदै पबेलियन फर्किए ।


बलिङतर्फ रुपन्देहीका विदेशी खेलाडी पुनीत मेहराले ३ विकेट लिए । ललितसिंह भण्डारी कप्तान बस्नत रेग्मीले २/२ विकेट लिए । बिक्रम सोब र कृष्ण कार्कीको नाममा १/१ विकेट रह्यो ।

प्रकाशित : माघ २९, २०७५ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?