१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

डिपीएल अपडेट : काठमाडौंद्वारा महेन्द्रनगर ७ रनले पराजित

धनगढी — काठमाडौं गोल्डेन्सले रूस्लान धनगढी प्रमियर लिग (डीपीएल)-३ अन्तर्गत बुधबारको पहिलो खेलमा महेन्द्रनगर युनाइटेडलाई ७ रनले पराजित गरेको छ । काठमाडौंको यो लगातार दोस्रो जित हो भने महेन्द्रनगरको यो लगातार दोस्रो हार ।

डिपीएल अपडेट : काठमाडौंद्वारा महेन्द्रनगर ७ रनले पराजित

टस हारेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेट गुमाइ १३४ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रन मात्रै बनाउन सक्यो ।


महेन्द्रनगरको तर्फबाट अमरसिंह रौटेलाले अविजित २८ रन बनाए । यस्तै कप्तान शरद भेषावकर २३ आरिफ शेख १८ आनन्द सुब्रमनियन १५ रोहितकुमार पौडेल१० कुशल मल्ल ६ सिद्धान्त लोहनी ९ रन बनाउँदै आउट भए ।


यस्तै दीलिप नाथले १ रन बनाए भने महेन्द्रनगरका विदेशी खेलाडी मोहम्मद नाविदले रनको खाता खोल्न पाएनन् ।


बलिङ तर्फ काठमाडौं गोल्डेन्सका रसिद खानले ३ विकेट लिए । अंकित दबासले २ तथा नन्दन यादव, ललितसिंह राजवंशी र योगन्द्रसिंह कार्कीको नाममा १/१ विकेट रह्यो ।


यसअघि अंकित दबास र योगेन्द्रसिंह कार्कीले ४२ बलमा अविजित ७६ रनको साझेदारी गर्दै काठमाडौंलाई राम्रो स्कोरमा उभ्याएका थिए । दबास ६५ रनमा अविजित रहे । जारी प्रतियोगितामा यो व्यक्तिगत उच्च स्कोर हो ।


दबासले ५५ बल खेली ५ चौका र ३ छक्का प्रहार गरे । योगेन्द्रले १४ बल खेली १ चौका र १ छक्काको मद्दतले अविजित २२ रन बनाए । टोलीका गदरव तोमार १, अनिलकुमार साह ६, कप्तान ज्ञानेन्द्र मल्ल १४, महबुब आलम १३ र सोनु तामाङ १ रनमा आउट भए ।


महेन्द्रजनगरका अमरसिंह राउटेलाले २ तथा मोहम्मद नाविद, अविनाश बोहरा र सागर ढकालले १/१ विकेट लिए । जारी डिपिएलमा दुवैको यो दोस्रो खेल हो ।


यसअघि काठमाडौंले धनगढी स्टार्सलाई ४ विकेटले पराजित गर्दा महेन्द्रनगर रुपन्देही च्यालेन्सर्जसँग २ रनले हार्न पुगेको थियो ।


प्रकाशित : फाल्गुन १, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?