१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अभिलाषाको जित

दीपक परियार

लेखनाथ — नेपालकी अभिलाषा विष्टले आईटीएफ यू–१८ टेनिस च्याम्पियनसिपअन्तर्गत सर्किट २ मा मंगलबार दोहोरो जित पाएकी छन् । उनले सिंगल्स र डबल्स दुवैमा सफलता पाइन् । सिंगल्सतर्फ उनले चिनियाँ खेलाडी इटोङ झाङलाई ६–४, ६–२ को सोझो सेटमा हराइन् ।

अभिलाषाको जित

डबल्सतर्फ उनले श्रीलंकाकी अन्जलिका कुरेरासँगको जोडीमा भारतकी रुसिका र नेपालकी सुभांगीलक्ष्मी शाहको जोडीलाई ६–२, ६–१ ले हराइन् । सर्किट १ मा पनि अभिलाषाले पहिलो चरणमा दोहोरो जित पाएकी थिइन् ।


पोखरा रंगशालाको टेनिस कोर्टमा पुरुष सिंगल्सतर्फ भारतका आदित्य वरदान राय चौधरीले हङकङका काइल लोक इन ताङलाई ७–६, ६–३ ले पराजित गरे । भारतका सार्थक सुदेनले नेपालका अभिनव आचार्यलाई ६–१, ६–० ले र जापानका केइजु मियाकेले ताइवानका यु सुन लाइलाई ६–२, ६–१ ले हराए । महिला सिंगल्सतर्फ भारतकी रेन्नी सिंग्लाले चीनकी युछुवान लुओलाई ६–२, ६–२ ले, भारतकी रिया बोभेजाले चीनकी जियु झाङलाई ६–१, ३–६, ६–२ ले, श्रीलंकाकी अन्जलिका कुरेराले भारतकी मैत्रीदीक्षा राउतलाई ४–६, ६–१, ६–३ ले र ताइवानकी स्किया कुङले भारतकी इनिका रेड्डीलाई ६–२, ६–२ ले हराए ।


पुरुष डबल्सतर्फ मलेसियाका जियान केङ ताकेसी र फिलिपिन्सका जोस एन्टोनियो ट्रियाको जोडीले चीनका माओ जाओ र जिछुवान लीको जोडीलाई ६–२, ६–१ ले, भारतका आदित्य वरदान र उदयवीर सिंहको जोडीले नेपालका प्रणव खनाल र दक्षिण कोरियाका जुवेन किमको जोडीलाई ६–२, ६–४ ले, हङकङका काइल लोक र भारतका जेराल यासिनको जोडीले नेपालका आर्यन गिरी र चीनका यु शुन लाइको जोडीलाई ६–१, ६–३ ले, जापानका जेनी इनोक र केइजु मियाकेको जोडीले जर्मनीका पाउल र अमेरिकाका हनु पटेलको जोडीलाई ६–२, ६–२ ले पराजित गरेका छन् ।


महिला डबल्सतर्फ नेपालका प्रेरणा कोइराला र सलोनी तामाङको जोडीले भारतका श्रृष्टि धिर र इनिका रेड्डीको जोडीलाई ६–२, ६–२ ले पराजित गरे । चीनका किङलिन झाङ र जिछुवान जेङको जोडीले जापानका जुलिया दैया बार्देन र रिसा ओनोको जोडीलाई ६–२, ६–३ ले, चीनका ली यु लिउ र इटोङ झाङको जोडीले नेपालकी इशाश्री शाह र अमेरिकाकी माहिका गुप्ताको जोडीलाई ६–०, ६–० ले, भारतकी अमिका किरण र हंगेरीकी अन्ना लाजोसको जोडीले नेपालकी एनी माथेमा र भारतकी बान्ही पान्चलको जोडीलाई ६–१, ६–१ ले पराजित गर्दै दोस्रो चरण सुरक्षित गरेका छन् ।


अन्तर्राष्ट्रिय टेनिस महासंघ (आईटीएफ) ले वल्र्ड टेनिस टुरअन्तर्गत ग्रेड ५ स्तरीय विश्व वरीयताका लागि आयोजना गरेको प्रतियोगिताको व्यवस्थापन कास्की जिल्ला टेनिस संघले गरेको छ ।

प्रकाशित : फाल्गुन १, २०७५ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?