कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

'प्रो बडीबिल्डर' रोली नेपालमा [तस्बिरहरु]

कान्तिपुर संवाददाता

काठमाडौँ — आईएफएफबी प्रोसनल लिग, नेपाल बडीबिल्डिङ च्याम्पियनसिप–२०१९ (प्रो क्वालिफायर)का लागि यस खेलमा सबैभन्दा ठूलो शरीर भएका रोली विंकलार बिहीबार नेपाल आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आईएफबीबी नेपाल प्रमुख सानु गुरुङले रोलीको स्वागत गरे । 

'प्रो बडीबिल्डर' रोली नेपालमा [तस्बिरहरु]

शनिबार र आइतबार प्रज्ञा प्रतिष्ठानमा हुने प्रतियोगितामा प्रो बडीविल्डर रोलीले केही महत्वपूर्ण प्रस्तुति दिने बताइएको छ । उनी गेष्ट पोजरको आफ्नो कौशल प्रस्तुत गर्नेछन् ।


नेदरल्यान्डका ४१ वर्षीय रोली सन् २०१० यता प्रो बडीबिल्डरको रुपमा स्थापित छन् । यस खेलको क्षेत्रमा सबैभन्दा ठूलो शरीर मानिने रोलीको तौल १ सय ३० किलो र उचाई पाँच फिट ६ इन्च छ । उनी २७ वर्षको उमेरमा कार दुर्घटनामा परेका थिए र त्यसपछि शारीरिक सुगठन सुरु गरेका थिए । उनी १७ फेब्रुअरीमा स्वदेश फर्कनेछन् ।


प्रतियोगितामा चार प्रो कार्डका लागि १६ देशका खेलाडी सहभागिता हुनेछन् । उनीहरुले मिस्टर ओलम्पियामा सहभागी हुन पाउनेछन् ।











तस्बिर : किरण पाण्डे/कान्तिपुर

प्रकाशित : फाल्गुन २, २०७५ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?