कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

गजेन्द्र र विश्वरूपा विजेता

कान्तिपुर संवाददाता

काठमाडौँ — पाँचौं खुला सडक दौडमा विभागीय टोली त्रिभुवन आर्मी क्लबका गजेन्द्र राई र विश्वरूपा बुढाले उपाधि जितेका छन् । शनिबार राजधानीमा भएको दौडको ५ किमि दूरी गजेन्द्रले १५ मिनेट २७.२५ सेकेन्डमा पूरा गर्दै उपाधि जिते ।

गजेन्द्र र विश्वरूपा विजेता

आर्मीका हरिकुमार रिमाल दोस्रो र टीकाराज कटुवाल तेस्रो भए । हरिले १५ मिनेट ३५ सेकेन्डमा पूरा गर्दा टीकाराजले १५ मिनेट ३५.५० सेकेन्डमा दूरी पार गरे ।


महिला खुलातर्फ विश्वरूपाले ५ किमि दूरी १८ मिनेट १.६६ सेकेन्डमा पूरा गरिन् । दोस्रो भएकी धादिङकी सन्तोषी श्रेष्ठले १८ मिनेट २०.२९ सेकेन्डमा दूरी पार गरिन् । पुलिस क्लबकी राजपूरा पछाई १८ मिनेट ३२.२० सेकेन्डमा दूरी पार गरी तेस्रो स्थानमा रहिन् । समान पुरुष/महिला विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार रुपैयाँ पुरस्कार पाए ।

ब्वाइज खुलामा सन्तोषनाथ योगी पहिलो, नवीन कार्की दोस्रो र आलोक थापा तेस्रो भए । गल्र्स खुलामा विनीता स्याङतेनले पहिलो, विलाक्षी गौतमले दोस्रो र एलिना केसी तेस्रो स्थानमा हासिल गरे । ब्वाइज र गल्र्स दुवैका विजेताले १० हजार, दोस्रो हुनेले ५ हजार र तेस्रो हुनेले २ हजार ५ सय रुपैयाँ पुरस्कार पाए ।


अल्मुनाईतर्फ पुरुषमा पेम्बा शेर्पा र महिलामा रविना श्रेष्ठ च्याम्पियन बने । उनीहरूले समान १० हजार रुपैयाँ पाए । अभिभावकतर्फ महिलामा राष्ट्रिय कराँते खेलाडी अनु अधिकारी पहिलो भइन् । सुनीता राई दोस्रो तथा कराँतेकै तारा गुरुङ तेस्रो भए । पुरुषतर्फ भेगबहादुर पहारी, किरण राई र निमा दोर्जे लामा क्रमश: पहिलो, दोस्रो र तेस्रो भए ।


कार्यक्रममा विश्व बडिबिल्डिङ च्याम्पियनसिपमा नेपाललाई स्वर्ण दिलाएका महेश्वर महर्जनलाई २५ हजारसहित विशेष सम्मान र कराँतेका मन्डेकाजी श्रेष्ठलाई सम्मान गरिएको थियो । करिब १ हजार जनाले प्रतिस्पर्धा गरेको दौड आयोजना प्यारागन स्कुलले गरेको हो । स्कुलहाता तिलगंगाबाट सुरु भएर गौशाला, बत्तीसपुतली, पुरानो बानेश्वर, सिनामंगल, एयरपोर्ट हुँदै पुन: स्कुल पुगेर सकिएको थियो ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?