१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

डीपीएल अपडेट : महेन्द्रनगरको पहिलो जित

कान्तिपुर संवाददाता

धनगढी — महेन्द्रनगर युनाइटेडले सीवाइसी अत्तरियालाई ७ विकेटले पराजित गरी रुस्लान डीपीएल क्रिकेटमा पहिलो विजय हात पारेको छ र महेन्द्रनगरको कुल ४ अंक पुगेको छ ।

डीपीएल अपडेट : महेन्द्रनगरको पहिलो जित

अत्तरियाले टस जितेर मैदान भिजेका कारण ६/६ ओभरमा घटाइएको खेलमा ५ विकेट गुमाई ५४ रन बनाएकोमा महेन्द्रनगर युनाइटेडले २ बल अगाडि लक्ष्य पुरा गरेको हो ।


महेन्द्रनगरको तर्फबाट आनन्द सुब्रमनियन १७, कप्तान शरद भेषावकर ५ र मोहम्मद नाभेद ६ रनमा आउट भए । आरिफ शेख १५ र कुशल मल्ल ६ रनमा अविजित रहे ।


बलिङतर्फ अत्तरियाका भुवन कार्कीले २ तथा दीपेन्द्र रावत १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको अत्तरियाका विदेशी खेलाडी सन्नी पटेलले ११ बलमा १९, जयकसिन कोल्सावालाले ६ बलमा ७, कप्तान दीपेन्द्रसिंह ऐरीले ७ बलमा १० रन बनाए ।

महेन्द्रनगरका अविनाश बोहरा र सागर ढकालले २/२ विकेट लिए । कप्तान शरद भेषावकरले १ विकेट लिए ।

फाप्ला मैदान गत बिहीबार अपरान्हदेखि परेको पानीले भिजेको थियो । जसले गर्दा शनिबारका दुवै खेल रद्द भएको थियो । शनिबार काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सबीच तथा धनगढी स्टार्स र महेन्द्रनगरबीचको खेल रद्द भएको थियो ।

खेल रद्द भएसँगै यी चारै टोलीलाई १/१ अंक दिइएको थियो । खेल नभएर अंक बाँड्दा दुई पटकको च्याम्पियन धनगढी प्रतियोगिताको लिग चरणबाटै बाहिरिएयो ।

प्रकाशित : फाल्गुन ५, २०७५ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?