१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

डीपीएलमा धनगढीको जितबिहीन यात्रा, रुपन्देही प्लेअफमा

हुस्सु लागेर भिजिविलिटी कम भएर खेल ढिला सुरुभएपछि ओभर छोट्ट्याइयो
कान्तिपुर संवाददाता

धनगढी — रूपन्देही च्यालेन्जसले धनगढी स्टार्सलाई ३९ रनले पराजित गरी रूस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको प्ले अफमा पुगेको छ । १५ ओभरको खेलमा १०७ रनको लक्ष्य लिएर आएको धनगढी १४ ओभरमा ६६ रनमा अलआउट भयो ।

डीपीएलमा धनगढीको जितबिहीन यात्रा, रुपन्देही प्लेअफमा

बिहानै फाप्ला क्रिकेट मैदानमा हुस्सु लागेपछि खेल निर्धारित समय भन्दा सवा १ घण्टा ढिलो भएको थियो । खेल ढिलो सुरु भएपछि २० ओभरबाट १५ ओभरमा झारिएको थियो ।

लगातार २ पटकको धनगढीले तेस्रो संस्करणको यस प्रतियोगितामा कुनै पनि जित निकाल्न सकेन । वर्षाले खेल रद्द भएपछि शनिबार धनगढीले महेन्द्रनगरसँग १/१ अंक बाँडेको थियो । रुपन्देहीले भने ३ खेलमा जित र २ खेलमा हार व्यहोरेको थियो ।

धनगढीको तर्फबाट पवन सर्राफले सर्वाधिक १५ रन बनाए । त्यस्तै कप्तान सोमपाल कामी ११ र सन्दीप रजाइलीले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बटुल्न सकेनन् ।

बलिङतर्फ रुपन्देहीका ललितसिंह भण्डारीले ३ तथा बिक्रम सोबले २ विकेट लिए । बसन्त रेग्मी, पुनित मेहेरा र भीम सार्कीको नाममा १/ विकेट रह्यो ।

यसअघि टस जितेर ब्याटिङ गरेको रुपन्देहीको तर्फबाट सुमित महर्जनले सर्वाधिक ३३ रन बनाए । विनोद भण्डारी, बाबर हायत र बिक्रम सोबले बाहेक अन्यले दोहोरो अंकको रन बटुल्न सकेनन् ।

भण्डारी २४, हायत १९ र सोब ११ रनमा आउट भए ।

बलिङतर्फ धनगढीका सोमपाल कामी, विपिन खत्री र पवन सर्राफले २/२ विकेट लिए । अमिर हायत र रोहन मुस्तफाले १/१ विकेट लिए ।

प्रकाशित : फाल्गुन ६, २०७५ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?