कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

रुकुम र कालिकोट च्याम्पियन

कान्तिपुर संवाददाता

(सुर्खेत) — वीरेन्द्रनगरमा सम्पन्न पहिलो कर्णाली प्रदेशस्तरीय मुख्यमन्त्री कप रनिङ सिल्ड भलिबलमा पुरुषतर्फको उपाधि रुकुम पश्चिमले जितेको छ । महिलातर्फ भने कालिकोटसँग पराजित रुकुम पश्चिमले उपविजेतामा चित्त बुझाएको छ । 

रुकुम र कालिकोट च्याम्पियन

आइतबार फाइनलमा रुकुम पश्चिमले सल्यानलाई ३–० को सोझो सेटमा हराउँदै एक लाख रुपैयाँ पुरस्कार जित्यो । रुकुमले सल्यानसँग समूह चरणमा भोगेको हारको बदला लियो । रुकुमले २८–२६, २५–१९, २५–२३ को नतिजा निकालेको थियो । सल्यानले ७५ हजार रुपैयाँ पायो । घरेलु टोली सुर्खेतले तेस्रो हुँदै ५० हजार पायो । महिलातर्फ कालिकोटले रुकुम पश्चिमलाई ३–० कै सोझो सेटमा हराएर ट्रफीसँगै एक लाख रुपैयाँ जित्यो । उपविजेता रुकुमले ७५ र तेस्रो भएको दैलेखले ५० हजार रुपैयाँ पुरस्कार पाए । रुकुमका डायमन्ड खड्का र कालिकोटकी पवित्रा शाही उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनीहरूले समान ३ हजार ७ सय रुपैयाँ पुरस्कार पाए ।


विजेतालाई कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल, योजनामन्त्री प्रकाश ज्वालालगायतले पुरस्कृत गरे । मन्त्री ज्वालाले कर्णाली क्षेत्रको खेलकुद विकासमा लगानी गर्न प्रदेश सरकार तयार रहेको बताए । अर्का मन्त्री रावलले कर्णाली प्रदेशलाई खेलकुदको क्षेत्रबाट पहिचान गराउन भौतिक संरचना निर्माणमा तीव्रता दिइने जनाए । उनका अनुसार अर्को वर्षदेखि अन्तर प्रदेशस्तरीय खेलकुद प्रतियोगिता हुनेछ । प्रतियोगिता गर्न करिब ५५ लाख रुपैयाँ खर्च भएको जनाइएको छ ।

प्रकाशित : फाल्गुन ६, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?