विज्ञान र विवेक विजेता

कान्तिपुर संवाददाता

पाल्पा — वडास्तरीय पुरुष डबल ब्याडमिन्टन प्रतियोगितामा वडा २ का विज्ञान श्रेष्ठ र विवेक बज्राचार्यको जोडी च्याम्पियन भएको छ । उनीहरूले वडा ४ का खिम राहुमगर र विकास कार्कीको जोडीलाई फाइनलमा १२–२१, २१–१२, २१–१७ ले पराजित गर्दै रनिङ सिल्ड हात पारे । 

विज्ञान र विवेक विजेता

नारायण युवा क्लबले वडा नम्बर २ कार्यालयको सहयोगमा आयोजना गरेको प्रतियोगितामा वडा ३ का सागर चित्रकार र विनय खातीको जोडी तेस्रो भयो । उनीहरूले सोही वडाका शैलेन्द्र बज्राचार्य र टोपबहादुर मश्रांगीलाई २१–१८, २१–६ को सेटमा हराए ।


विजेतालाई १०, उपविजेतालाई ७ र तेस्रो हुनेलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरियो । उत्कृट जोडीका रूपमा खिम र विकासलाई जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष वसन्त बज्राचार्यले मायाको चिनोसहित पुरस्कृत गरे । विजेता खेलाडीलाई वडा २ कार्यालयले रनिङ सिल्डसहित नगर परिक्रमा गराएको थियो ।


प्रकाशित : फाल्गुन ६, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?