डीपीएल अपडेट : अत्तरिया र महेन्द्रनगर प्ले अफमा

कान्तिपुर संवाददाता

धनगढी — सीवाइसी अत्तरिया विराटनगर किंग्सलाई १० रनले पराजित गरी रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा तेस्रो विजय हात पार्दै प्ले अफमा पुगेको छ । विराटनगरको पराजयपछि टोली बाहिरिँदै महेन्द्रनगर युनाइटेड प्ले अफमा पुगेको छ ।

डीपीएल अपडेट : अत्तरिया र महेन्द्रनगर प्ले अफमा

डीपीएल- ३ अन्तर्गत सोमबारको दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको सीवाइसी अत्तरियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १४८ रन बनाएको थियो ।


जवाफी ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रन मात्रै बनाउन सक्यो ।


विराटनगरको तर्फबाट सर्वाधिक धेरै रन आसिफ शेखले बनाए । उनले ३४ बलमा ३९ रन बनाए ।


त्यस्तै असद उल्लाह खान पठान १३ हरिशंकर साह ७ पृथु बाँस्कोटा २७ अविनाश यादव १४ कप्तान करण केसी १२ र कुशल भूर्तेल ३ रनमा आउट भए ।


राजेश पुलामी मगर शुन्यमा आउट भए भने किशोर महतो र सम्साद शेख अविजित रहे । उनीहरुले क्रमशः ८ र ७ रन बनाए ।


बलिङतर्फ अत्तरियाका भुवन कार्की र दीपेन्द्र रावतले ३/३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।


यसअघि सीवाइसी अत्तरियाले जयकिसन कोल्सावालाको ५१ र सन्नी पटेलको ६१ रनको अविजित इनिङ्सपछि निर्धारित २० ओभरमा ३ विकेट गुमाई १४८ रन बनाएको थियो । जारी प्रतियोगिताकै यो उच्च स्कोर थियो ।


यी दुईले अन्तिम ५ ओभरमा मात्र ६० रन जोडेका थिए । अन्तिम ओभरमा किशोर महतोलाई २ छक्का र ३ चौका गरी २४ रन प्रहार गरेका सन्नीले ३१ बल खेली ५ चौका र ४ छक्का प्रहार गरे ।


जयकिशनले ५० बलको इनिङ्समा ४ चौका र २ छक्का प्रहा गरे । जितेन्द्रसिंह ठकुरी १३, सन्दीप जोरा ३ र कप्ता दीपेन्द्रसिंह ऐरी १० रनमा आउट भए ।


विराटनगरका सुशन भारी र सम्साद शेखले १/ विकेट लिए ।

प्रकाशित : फाल्गुन ६, २०७५ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?