१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

डीपीएलः शीर्ष स्थानमा अत्तरिया

कान्तिपुर संवाददाता

धनगढी — सीवाइसी अत्तरियाले रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)-३ क्रिकेटको क्वालिफायर्समा पुग्ने औपचारिकतालाई पुरा गरेको छ । अत्तरियाले मंगलबार काठमाडौं गोल्डेन्सलाई ७ विकेटले पराजित गर्‍यो । यसअघिका ४ मध्येको ३ खेल जितेर अत्तरियाले क्वालिफायर्समा लगभग स्थान निश्चितजस्तै बनाएको थियो ।

डीपीएलः शीर्ष स्थानमा अत्तरिया

चौथो खेल जित्दै अत्तरिया राउन्ड रोबिन लिग पश्चात शीर्ष स्थानमा पुगेको हो । अत्तरियाको ८ र काठमाडौंको ७ अंक रह्यो । शीर्ष दुई स्थानमा रहेका यी दुई टोली नै बुधबार फाइनलमा स्थान सुरक्षित बनाउन क्वालिफायर्स एकमा खेल्नेछन् ।


७६ रनको लक्ष्य अत्तरियाले १७ ओभरमा पुरा गर्‍यो । कप्तान दीपेन्द्रसिंह ऐरी ११ बलमा ३ चौका प्रहार गरी २० र सन्दीप जोरा ७ रन बनाइ अविजित रहे । सुबेन्दु पाण्डे ५, जयकिसन कोल्सावाला ३३ र प्रेम तामाङ १० रनमा आउट भए ।


काठमाडौंका ललितनारायण राजवंशी, सूर्य तामाङ र रसिद खानले १/१ विकेट लिए ।

यसअघि मंगलबार मध्यान्ह टस जितेर ब्याटिङ रोजेको काठमाडौं निर्धारित २० ओभर खेलेर ७५ रनमा अल आउट भयो । फाप्ला क्रिकेट मैदानमा काठमाडौंबाट ज्ञानेन्द्र मल्लले सर्वाधिक ३२ रन बनाए । ४९ बल खेलका उनले २ चौका प्रहार गरे ।


यस्तै योगेन्द्रसिंह कार्की १३ र अंकित दबास १० रनमा आउट भए ।


अत्तरियाका कप्तान दीपेन्द्रसिंह ऐरीले २ ओभरमा ४ रन खर्च गर्दै ३ विकेट लिए । यस्तै रामनरेश गिरीले ४ ओभरमा २३ रन खर्चेर २ तथा सन्नी पटेल र भुवन कार्कीले १/१ विकेट लिए ।

प्रकाशित : फाल्गुन ७, २०७५ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?