२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

च्याम्पियन्स लिग : दुवै खेल गोलविहीन

एएफपी

लन्डन — लिभरपुलका डिफेन्डर एन्ड्रयु रोबर्टसनले एनफिल्डमा भएको पहिलो लेगको निराशाजनक बराबरीका बाबजुद आफ्नो टोली बार्यन म्युनिखलाई पराजित गर्न सक्षम रहेको दाबी गरेका छन् ।

च्याम्पियन्स लिग : दुवै खेल गोलविहीन

बायर्नको सानदार रक्षापंक्ति तोड्न असफल भएपछि योर्गन क्लोपको टोलीले घरेलु मैदान एनफिल्डमा गोलरहित बराबरीमा रोकिएको थियो ।


युरोपेली फुटबलमा बायर्नको अपराजित घरेलु कीर्तिमान छ । केही पण्डितहरूको आ“खाले बायर्नलाई अर्को चरणको योग्य देखिसकेको छ । तर मार्च १३ मा म्युनिखमा हुने दोस्रो लेगमा बराबरी गोलले पनि लिभरपुललाई क्वाटरफाइनल पुग्न पर्याप्त हुनेछ । त्यसैले रोबर्टसन विश्वस्त छन् कि त्यो लक्ष्य भेट्न आफूहरू सक्षम छौं ।


‘त्यहाँ जानु हाम्रा लागि एक नया“ चुनौती हो तर उनीहरू हामीभन्दा अधिक दबाबमा हुनेछन् । किनभने उनीहरू घरेलु मैदानमा हुनेछन् र समर्थकले आफूअनुकूल प्रदर्शनको माग गर्न सुरु गर्नेछन्,’ रोबर्टसनले भने, ‘हामी आफ्नै खेल खेल्ने प्रयास गर्नेछौं । हामीलाई जुन अवसरको जरुरी छ त्यही प्राप्त गर्ने प्रयासमा हुन्छौं ।’


पछिल्लो समय बदलिएको बायर्न टोलीको संगठित संरचना तोड्न लिभरपुल असफल भयो । लिभरपुलका प्रशिक्षक क्लोपले स्विकारेका छन् यो नतिजा निराशाजनक थियो । लिभरपुल गतिलो पास निकाल्न असफल भयो । स्कटल्यान्डका लेफ्ट ब्याक रोबर्टसनका अनुसार बार्यनविरुद्धको खेल प्रिमियर लिगको उपाधि दाबेदार टोलीको स्तरअनुसार थिएन । ‘हामी घरमा थियौं र निश्चित रूपमा निरास भयौं । हामीले एउटा निकै नै अनुभवी टिमविरुद्ध खेल्यौं, यस्तो टिम जो पछिल्लो ६–७ वर्षदेखि एउटै स्तरमा छ,’ रोबर्टसनले भने ।


शनिबार प्रिमियर लिगमा लिभरपुलले म्यानचेस्टर युनाइटेडसँग खेल्दै छ । रोबर्टसनले भनेका छन् कि बार्यनविरुद्धको दोस्रो लेगलाई एकैछिन बिर्सेर टोली प्रिमियर लिगको तयारीमा लाग्नुपर्छ । किनभने सन् १९९० पछि पहिलोपल्ट लिभरपुल प्रिमियर लिगको उपाधि होडमा छ ।


स्वारेजको लयमा बार्सिलोना चिन्तित

च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा फ्रान्सेली टोली लियोनविरुद्ध बार्सिलोनाले गोलरहित बराबरी खेलेपछि निरासाजनक देखिएका सुपरस्टार लियोनल मेसीको तस्बिरले धेरै कुरा वर्णन गर्छ ।


तर अग्रपंक्तिमा लुइस स्वारेजले गोल गर्न नसक्नु क्याटलन टोलीको मुख्य चिन्ताको विषय बनेको छ । मंगलबार राति लियोनविरुद्धको खेलमा स्वारेजले गोलको एकमात्र अवसर पाए । खेलको २० औं मिनेटमा जोर्डी अल्बाको कटब्याक पासमा उनको प्रहार पोल नजिकैबाट बाहिरियो ।


पछिल्लो समय बार्सिलोना अवे खेलमा अनुकूल प्रदर्शन गर्न असफल छ । लियोनविरुद्धको खेलमा पनि त्यो दोहोरियो । च्याम्पियन्स लिगको नकआउट चरणमा बार्सिलोनाले अवे खेलमा जित हासिल गर्न नसकेको ६ खेल भइसकेको छ । पछिल्लोपल्ट तीन वर्षअघि उसले आर्सनललाई २–० ले पराजित गरेको थियो ।


यसैबीच च्याम्पियन्स लिगमा स्वारेजले पछिल्लो १६ अवे खेलमा गोल गर्न सकेका छैनन् । सन् २०१५ मा समूह चरणको खेलमा रोमाविरुद्ध बराबरी खेल्दा गोल गरेका स्वारेजले अवे खेलमा गोल गर्न नसकेको कुल २४ घण्टा भइसकेको छ ।


‘उनले गोलको अवसर सिर्जना गर्न नसकेकोमा हामी चिन्तित अवश्य छौं । तर उनी अरुका लागि पनि अवसर सिर्जना गरिदिन्छन् र हमेशा विपक्षीका लागि टाउको दुखाइ बन्ने गर्छन्,’ आफ्ना ३२ वर्षे स्ट्राइकरको प्रतिरक्षा गर्दै बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले भने । स्वारेजले जारी सिजन १६ गोल गरेका छन् । तर बार्सिलोनाको पछिल्ला ८ खेलमा मात्र एक गोल गरेका छन् ।


‘सम्भवतः उनले आगामी खेलका लागि गोल गर्ने क्षमता संचित गरेका छन्,’ भाल्भर्डेले थपे । पहिलो लेगको नतिजाले बार्सिलोनालाई चिन्तित बनाएको छ । प्रतियोगितामा रहिरहन उसले उत्कृष्ट पुनरागमन गर्नुपर्नेछ । मंगलबार बार्सिलोनाले २४ प्रहार गरेकोमा मात्र ५ पोस्टलक्षित थियो ।

प्रकाशित : फाल्गुन ९, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?