१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अत्तरिया उपाधि नजिक

धनगढी — सीवाईसी अत्तरिया टोली सुनौलो यात्रा कायमै राख्दै रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनल पुगेको छ । प्रतियोगिताअघि कमजोर टोलीका रूपमा हेरिएको अत्तरियाले बुधबार पहिलो क्वालिफायरमा काठमाडौं गोल्डेन्समाथि ४१ रनको जित हात पार्‌यो । 

अत्तरिया उपाधि नजिक

टस जितेर ब्याटिङ रोजेको अत्तरियाले फाप्ला क्रिकेट मैदानमा निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय १० रन बनायो । जवाफमा आएको काठमाडौं १८.३ ओभरमा ६९ रनमा अलआउट भयो । अत्तरियाले काठमाडौं गोल्डेन्सलाई लगातार दोस्रो खेलमा पराजित गरेको हो । राउन्ड रोबिनको अन्तिम खेलमा अत्तरियाले मंगलबार काठमाडौंलाई नै ७ विकेटले हराएको थियो ।


राउन्ड रोबिनको लिगपछि शीर्ष दुई स्थानमा रहेका यी दुई टोली क्वालिफायरमा खेलेका थिए । अत्तरिया पहिलोपल्ट फाइनल पुगेको हो । शनिबार हुने फाइनलमा स्थान सुरक्षित गरेसँगै अत्तरियाले १२ लाख रुपैया“ पनि पक्का भएको छ । विजेताले ३० र उपविजेताले १२ लाख पाउने छन् ।


बिहीबार रूपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेडले इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन् । विजेताले फाइनल पुग्नका लागि काठमाडौंस“ग दोस्रो क्वालिफायरमा खेल्नेछ ।


‘हामी जुन हिसाबमा खेलिरहेका छौं, जसरी युवा टोली भनेर भनिएको छ, त्यसै अनुरुपको फिल्डिङ गरेर हामीले प्रदर्शन दिइरहेका छौं । सुरुमा हाम्रा ओपनरहरू जा“दा बल रोकिएर आएको छ, बल घुमिरहेको देखेका थियौं । त्यस हिसाबमा ११०–१२० रन बनाउने लक्ष्य लिएका थियौं,’ अत्तरियाका कप्तान दीपेन्द्रसिंह ऐरीले भने, ‘हामी धेरै डट खेलाएर ब्याट्सम्यानलाई दबाबमा राख्न चाहन्थ्यौं । त्यसपछि उसले विकेट दिएर जान्थ्यो या अर्को योजनाअनुसार खेल्थ्यो । फिल्डिङले पनि हाम्रो टोलीलाई सहयोग पुगिरहेको छ ।’


अत्तरियाले निकै सुझबुझ ब्याटिङ गरेको थियो । जयकिसन कोल्सावाला छैटौं ओभरमा १३ रन बनाई अंकित दबासको बलमा आउट भए । दबासले अर्को बलमा रित गौतमलाई बोल्ड गरे । दीपेन्द्रले दबासको ह्याट्रिक विकेट बलमा १ रन प्रहार गरे । ओपनर सुवेन्दु पाण्डे २७ बलमा १६ रन बनाई आउट भए । कप्तान दीपेन्द्र र सन्नी पटेलको साझेदारीले अत्तरियालाई हेर्नलायक स्कोरमा उभ्यायो ।


दीपेन्द्रले ३४ बलमा ५ चौका प्रहार गर्दै ३३ रन बनाए । सूर्य तामाङको बलमा विकेटकिपर अनिलकुमार शाहले उत्कृष्ट क्याच लि“दै दीपेन्द्रलाई आउट गरे । जितेन्द्रसिंह ठकुरी ६ र सन्दीप जोरा ३ रनमा आउट भए । पटेलले २४ बल खेली १ चौका र २ छक्का प्रहार गर्दै २८ रन बनाए ।


अत्तरियाले इनिङ्सको अन्तिम चार बलमा पटेल, जोरा र भुवन कार्की (१) लाई गुमाएको थियो । सन्दीप र भुवन अन्तिम दुई बलमा रनआउट भए । काठमाडौंका दबासले ४ ओभरमा ११ र सूर्य तामाङले ३ ओभरमा १४ रन खर्चेर २–२ विकेट लिए । रशिद खान र योगेन्द्रसिंह कार्कीले १–१ विकेट लिए ।


पटेलले अर्को एउटा खेलमा म्यान अफ द म्याच प्रदर्शन गरे । अत्तरियाले जितेको ४ खेलमा ३ मा उनी उत्कृष्ट खेलाडी भएका छन् । ‘हामीले यसलाई एउटा अर्को खेलको रूपमा हेरेका थियौं । हामीले साधारण हिसाबमै खेल्यौं । फाइनलमा हामीलाई जो आए पनि केही छैन, हामीले आफ्नो उत्कृष्ट खेल्नैपर्छ । मेरो प्रदर्शन खेलको एउटा हिस्सामात्र हो । भगवान्को कृपाले मैले राम्रो खेलिरहेको छु,’ पटेलले भने ।


काठमाडौंले ब्याटिङक्रम परिवर्तन गर्दै महबुब आलमलाई ओपनिङमा ल्यायो । पटेल र दीपेन्द्रको पहिलो दुई ओभरमा काठमाडौंले १ रनमात्र जोड्न सकेको थियो । पटेलले तेस्रो ओभरमा अनिलकुमार शाहलाई कट एन्ड बोल्ड गरे । महबुबले दीपेन्द्रको उछाल लिइरहेको बल बुझ्न सकेनन् र १ रनमै आउट भए ।


काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले आफूले सामना गरेको पहिलो बलमै पटेललाई छक्का प्रहार गरे । ३ बलमा ११ रन प्रहार गरेका ज्ञानेन्द्रलाई भुवनले कोल्सावालाबाट स्टम्प आउट गरे । सूर्य ७ बल खेली शून्यमै रनआउट भए ।

ओपनरका रूपमा खेल्ने गौरव तोमार पाचौं नम्बरमा ब्याटिङ गर्न आए । उनले २७ बल खेली २ चौका र १ छक्का प्रहार गरे । योगेन्द्रले ११ रन बनाए । रशिद ४, विक्रम भुसाल ५ र नन्दन यादव शून्यमा आउट भए । पटेलले ४ ओभरमा १ मेडन राख्दै १८ रन खर्चंदै ३ विकेट लिए । भुवनले ३.३ ओभरमा १२ र कमलसिंह ऐरीले ३ ओभरमा १३ रन खर्चेर २–२ तथा दीपेन्द्रले १ विकेट लिए ।


‘ब्याटिङ योजना बनाइएअनुसार त्यसलाई मैदानमा उतार्न सकेनौं । बलिङ त राम्रै भयो । अंकितको रनआउटले पनि खेल लय परिवर्तन भयो । हामीले सकारात्मक भएर नै खेल्न खोजेका थियौं, तर पावर प्लेको राम्रो सदुपयोग गर्न सकेनौं,’ ज्ञानेन्द्रले भने, ‘यो विकेटमा स्पिनरहरू आइसकेपछि रन बनाउन गाह्रो हुन्छ, त्यसैले पावर प्ले निकै महत्वपूर्ण हुन्छ । १ सय ११ रन हामीले पछ्याउन सक्नुपर्ने हो, विजय स्कोर नभए पनि चुनौतीपूर्ण स्कोर हो । केही ब्याट्सम्यानले व्यक्तिगत रूपमा अझ राम्रो गर्न सक्थे । तर रोकेर खेलेर पनि यहा जित्न गाह्रो छ ।’

प्रकाशित : फाल्गुन ९, २०७५ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?