झापाको हार

अमृता अनमोल

बुटवल — क्यामरुनी टोली डफिन्स एफसीले तिलोत्तमा गोल्डकप फुटबलमा बुधबार झापा ११ लाई ५–० ले स्तब्ध पारेको छ । जितसँगै टोली सेमिफाइनल पुग्यो । 

झापाको हार

बुटवलको देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा डफिन्सले एकपक्षीय नतिजा निकाल्यो । डफिन्सको जितमा यानिक ओवान, पेटंगा, निक, डिडर टिना र वियिक वियिकले १–१ गोल गरेका थिए । खेलको २६ औं मिनेटमा यानिक ओवानले पहिलो गोल गरे । गोलकिपरको हातबाट फर्केको बलमा उनले हेडमार्फत आकर्षक गोल गरेका हुन् ।


पहिलो हाफ १–० मा सकिए पनि अग्ला र शक्तिशाली क्यामरुन टोलीसामु झापा दोस्रो हाफमा झन् टिक्न सकेन । तीव्र गतिमा खेल्दा युवा खेलाडी थाके । यसले दोस्रो हाफमा विदेशी टोलीले गोलको वर्षा नै ग¥यो । ५० औं मिनेटमा पेन्टाले बक्सभित्र पाएको बललाई गोलमा परिणत गरे । दोस्रो गोलपछि क्यामरुनी टोली झन् आक्रामक बन्यो ।


न्याज्मा यानिकको पासमा खेलको ७३ औं मिनेटमा निकले गोल थपे । त्यसलगत्तै ७५ औं मिनेटमा डिडर टिना अर्को गोल गर्न सफल भए । जितलाई फराकिलो बनाउन खेलाडी र तिनको पोजिसन परिवर्तन गरियो । पेटंगाको स्थानमा न्याज्मा यानिक र डिडर टिनाको ठाउँमा कोनो बोरिसलाई मैदान छिराइयो ।


खेलको ८८ औं मिनेटमा वियिक वियिकले टोलीका लागि पाँचौं गोल गर्दै फराकिलो जित दिलाए । उनले मध्यभागमा रहेको बललाई आकर्षक ढंगले प्रहार गरेका थिए । वियिक म्यान अफ द म्याच बने ।


सुरुआतमा राम्रो मुभमेन्ट निकालेको झापा दोस्रो हाफमा स्तब्ध बनेको हो । झापाको तर्फबाट कप्तान कर्ण लिम्बुले पटक–पटक अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् ।


पूजन उपरकोटी, दीपेन्द्र लामा र बुद्धवीर लामाको स्कोरिङ प्रयासलाई पनि गोलकिपर प्रिसो एनजंगाले विफल बनाइदिए । ३६ औं मिनेटमा कर्ण लिम्बू, ४२ औं मिनेटमा खमिर गिल्सन कन्ङ्दवा, ४४ औं मिनेटमा बुद्धवीर लामाको गतिलो प्रहारलाई गोलकिपर प्रिसोले असफल तुल्याए । बुद्धवीरले नजिकको दुरीमा पाएको फ्रिकिक मौका उपयोग गर्न सकेनन् ।


झापाको टिममा मनोज प्रधान, किशोर गिरी र विशाल राईको अभाव देखिन्थ्यो । झापामा अनुबन्धित यी खेलाडी अहिले टिममा छैनन् । मनोज लिग खेलिरहेका छन् भने किशोर र विशाल मुलुकबाहिर छन् ।


खेलको ५५ आंै मिनेटमा पूजन उपरकोटी घाइते भए । उनलाई लडाउने औरेल इनामेले रातो कार्ड पाए । १० खेलाडीमा समेटिएको क्यामरुनी टोलीले झनै सशक्त ढंगले खेल अघि बढायो ।


झापाका प्रशिक्षक प्रवेश कटुवालले शारीरिक रूपमा बलिया खेलाडीको तीव्र गतिको प्रदर्शनले आफ्ना खेलाडी दबाबमा परेको बताए । सुरुआतमा हामीले लय समात्दै प्रतिस्पर्धामा उत्रन खोजे पनि विस्तारै खेलाडी थाकेकाले दबाबमा परेको उनले बताए । ‘सहिद स्मृति कप र जिल्ला लिगमा खेलाडी बाँडिदा एउटै गोल फर्काउन सकेनौं,’ उनले भने, ‘प्रतिस्पर्धाका लागि थप तयारी र व्यवस्थापन गर्नुपर्ने छ ।’


क्यामरुनी टोलीका कप्तान जो एन्गोलाले शक्ति र सन्तुलन मिलाएर खेलेकाले जित पाएको बताए । ‘पहिलो हाफ प्रतिस्पर्धात्मक रह्यो । दोस्रो हाफमा रणनीति र पोजिसन चेन्ज गर्‌यौं,’ उनले भने, ‘जसले फराकिलो जित निकाल्न सहयोग पु¥यायो ।’ डफिन्सले यो सिजन पोखरा कप र बुढासुब्बा गोल्डकप जितेको छ ।


‘तिलोत्तमासमेत उपाधि उचाल्ने योजनासहित आएका हौं,’ कप्तान एन्गोलाले भने । टोलीले फागुन १० मा आयोजक लाली रूपन्देही–११ सँग सेमिफाइनल खेल्नेछ । बिहीबार मनाङ मस्र्याङदी र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : फाल्गुन ९, २०७५ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?