काठमाडौं गोल्डेन्सका बलर अंकित दबासलाई बलिङ गर्न प्रतिबन्ध

कान्तिपुर संवाददाता

धनगढी — काठमाडौं गोल्डेन्सका विदेशी खेलाडी अंकित दबासलाई बलिङ गर्न प्रतिबन्ध लगाइएको छ । काठमाडौं गोल्डेन्सले खेलेका २ खेलमा दबासको बलिङ मैदानमा रहेका अम्पायरहरुले शंकास्पद पाएको आयोजकले जनाएको  छ। 

काठमाडौं गोल्डेन्सका बलर अंकित दबासलाई बलिङ गर्न प्रतिबन्ध

प्रतियोगिताको प्राविधिक समितिले भिडियो विश्लेषण गर्दा उनको बलिङ अनाधिकृत रहेको ठहर गरेको हो । जसका कारण उनले जारी प्रतियोगितामा बलिङ गर्न पाउने छैनन् ।


काठमाडौंले जितेका तीनै खेलमा उनी अलराउन्ड प्रदर्शन गर्दै म्यान अफ दि म्याच चुनिएका थिए ।


भारतीय यी खेलाडीले काठमाडौंबाट सर्वाधिक ६ विकेट लिएका छन् । यस बाहेक १५३ रन पनि बनाए का छन् ।

प्रकाशित : फाल्गुन ९, २०७५ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?