कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डीपीएल : फाइनल प्रवेशका लागि काठमाडौं र महेन्द्रनगरबीच प्रतिस्पर्धा हुँदै

कान्तिपुर संवाददाता

धनगढी — तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा काठमाडौं गोल्डेन्स र महेन्द्रनगरबीच प्रतिस्पर्धा हुँदैछ ।

डीपीएल : फाइनल प्रवेशका लागि काठमाडौं र महेन्द्रनगरबीच प्रतिस्पर्धा हुँदै

पहिलो क्वालिफायरमा सीवाइसी अत्तरियासँग हार ब्यहोरेको काठमाडौं र इलिमिनेटर खेलमा रुपन्देही च्यालेन्जर्सलाई हराउँदै विजेता बनेको महेन्द्रनगरबीच शुक्रबार प्रतिस्पर्धा हुन लागेको हो ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आज मध्यान्ह साढे १२ बजे खेल हुनेछ । आजको खेलमा जित हात पार्ने टोलीले शनिबार हुने फाइनलमा अत्तरियाको समाना गर्ने छ ।

राउन्ड रोबिनको खेलमा काठमाडौंले महेन्द्रनगरलाई ७ रनले पराजित गरेको थियो ।

प्रकाशित : फाल्गुन १०, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?