२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

डीपीएल : आफ्नो खेलाडीलाई कारबाही गरेको भन्दै काठमाडौं गोल्डेन्सद्वारा खेल बहिस्कार [भिडियो सहित]

कान्तिपुर संवाददाता

काठमाडौँ — आफ्नो खेलाडीलाई कारबाही गरेको भन्दै रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको शुक्रबार हुने दोस्रो क्वालिफायर खेल काठमाडौं गोल्डेन्सले बहिस्कार गरेको छ । आज महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुँदै थियो। 

डीपीएल : आफ्नो खेलाडीलाई कारबाही गरेको भन्दै काठमाडौं गोल्डेन्सद्वारा खेल बहिस्कार [भिडियो सहित]

काठमाडौंका म्यानेजर सञ्जय श्रेष्ठले आफ्नो टोलीले नखेल्ने निर्णय गरेको बताए । उनले भने, 'सुरुदेखि नै आयोजकले आइसीसीको नियम फलो गरेका छैनन् । मैदानको अवस्था पनि राम्रो छैन । फेरि हामी यो फ्रेन्चाइज लिग खेलेर आइसीसीइको अन्य खेल खेल्न जाने पनि होइन ।'

भिडियोमा हेरौं के भन्छन् काठमाडौंका म्यानेजर :

बिहीबार काठमाडौंका विदेशी खेलाडी अंकित दबासलाई बलिङ गर्न प्रतिबन्ध लगाइएको थियो । काठमाडौं गोल्डेन्सले खेलेका २ खेलमा दबासको बलिङ मैदानमा रहेका अम्पायरहरुले शंकास्पद पाएको आयोजकले जनाएको छ। यसैमा काठमाडौैंले असन्तुष्टी जनाउन थालेको थियो ।

काठमाडौंका म्यानेजर श्रेष्ठले डीपीएल आयोजकले दबासलाई लगाइएको प्रतिबन्ध नसच्याए आगामी दिनमा डीपीएल प्रतियोगितामा नै भाग नलिने धम्की दिएका छन् । उनले दबासलाई प्रतिबन्ध लगाएर आफ्नो टिमप्रति आयोजक एकपक्षीय भएको आरोप लगाए । उनले भने, 'दबास भारतमा राम्रो खेल खेलिरहेका खेलाडी हुन् । उनले रञ्जित ट्रफी समेत खेलिसकेका छन् । भारतमा चाहिँ उनले गरेको बलिङ शंकास्पद नहुने, यहाँचाहिँ हुने ?'

प्रतियोगिताको प्राविधिक समितिले भिडियो विश्लेषण गर्दा उनको बलिङ अनाधिकृत रहेको ठहर गरेको थियो । काठमाडौंले जितेका तीनै खेलमा उनी अलराउन्ड प्रदर्शन गर्दै म्यान अफ दि म्याच चुनिएका थिए ।

टेक्निकल टिमका प्रमुख दबासको प्रतिबन्धबारे यो भन्छन् :

भारतीय यी खेलाडीले काठमाडौंबाट सर्वाधिक ६ विकेट लिएका थिए । यस बाहेक १५३ रन पनि बनाएका थिए ।

प्रकाशित : फाल्गुन १०, २०७५ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?