२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

डीपीएल : काठमाडौंले दोस्रो क्वालिफायर खेल्न अस्विकार गरेपछि महेन्द्रनगर फाइनलमा [भिडियो]

कान्तिपुर संवाददाता

धनगढी — काठमाडौं गोल्डेन्सले रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको शुक्रबार हुन लागेको दोस्रो क्वालिफायर्स खेल खेल्न अस्विकार (रिफ्युज टु प्ले) गरेपछि महेन्द्रनगर फाइनलमा प्रवेश गरेको छ ।

डीपीएल : काठमाडौंले दोस्रो क्वालिफायर खेल्न अस्विकार गरेपछि महेन्द्रनगर फाइनलमा [भिडियो]

काठमाडौंले आफ्नो खेलाडीलाई कारबाही गरेको भन्दै डीपीएल क्रिकेटको शुक्रबार हुने दोस्रो क्वालिफायर्स खेल काठमाडौं गोल्डेन्सले बहिस्कार गरेको थियो ।

शनिबार महेन्द्रनगरले सीवाइसी अत्तरियासँग फाइनल खेल्ने छ ।

काठमाडौंका म्यानेजर सञ्जय श्रेष्ठले आफ्नो ठोलीले नखेल्ने निर्णय गरेको बताए । उनले भने 'सुरुदेखि नै आयोजकले आइसीसीको नियम फलो गरेका छैनन् । मैदानको अवस्था पनि राम्रो छैन । फेरि हामी यो फ्रेन्चाइज लिग खेलेर आइसीसीइको अन्य खेल खेल्न जाने पनि होइन ।'


फाइनलमा प्रवेश गरेपछि प्रतिक्रिया दिँदै महेन्द्रनगरका कप्तान :

बिहीबार काठमाडौंका विदेशी खेलाडी अंकित दबासलाई बलिङ गर्न प्रतिबन्ध लगाइएको थियो । काठमाडौं गोल्डेन्सले खेलेका २ खेलमा दबासको बलिङ मैदानमा रहेका अम्पायरहरुले शंकास्पद पाएको आयोजकले जनाएको थियो।

प्रतियोगिताको प्राविधिक समितिले भिडियो विश्लेषण गर्दा उनको बलिङ अनाधिकृत रहेको ठहर गरेको थियो । काठमाडौंले जितेका तीनै खेलमा उनी अलराउन्ड प्रदर्शन गर्दै म्यान अफ दि म्याच चुनिएका थिए ।

भारतीय यी खेलाडीले काठमाडौंबाट सर्वाधिक ६ विकेट लिएका थिए । यस बाहेक १५३ रन पनि बनाएका थिए ।

खेल नै नखेली महेन्द्रनगर कसरी पुग्यो फाइनल :

प्रकाशित : फाल्गुन १०, २०७५ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?