कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

घलेलाई नहटाउन आदेश

कान्तिपुर संवाददाता

काठमाडौँ — पाटन उच्च अदालतले टासी घलेलाई अखिल नेपाल फुटबल संघ (एन्फा) को मानार्थ अध्यक्षबाट तत्कालका लागि नहटाउन अन्तरिम आदेश दिएको छ ।

गत महिना एन्फाले घलेलाई मानार्थ अध्यक्षबाट हटाउने निर्णय गरेको थियो । त्यसविरुद्ध घलेले पाटन उच्च अदालतमा रिट दायर गरेका थिए ।


मुद्दामा प्रारम्भिक सुनुवाइपछि न्यायाधीश केशवराज जोशीको एकल इजलासले घलेलाई तत्काल पदबाट नहटाउन अन्तरिम आदेश दिएको हो । आदेशमा मुद्दाको अन्तिम टुंगो नलागेसम्म घलेलाई पदबाट नहटाउन भनिएको छ । माघ ३ मा एन्फाको कार्यसमिति बैठकले टासी घलेलाई मानार्थ अध्यक्षबाट हटाएको थियो ।


वैशाखमा निर्वाचित एन्फाको नेतृत्वले घलेलाई मानार्थ अध्यक्ष नियुक्त गरेको थियो । कर्माछरिङ शेर्पा प्यानललाई एन्फा निर्वाचनमा जिताउन भूमिका निर्वाह गरेका कारण घलेलाई मानार्थ अध्यक्षमा नियुक्त गरिएको हो ।


घलेले एन्फा नेतृत्वसँग अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी दिन माग गर्दै आएका थिए । एन्फाले अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी नवीन पाण्डेलाई दिइएपछि घलेले सार्वजनिक असन्तुष्टि व्यक्त गरेका थिए । पछिल्लो समय एन्फा कार्यसमितिका पदाधिकारीमाथि अनियमितताको आरोप लगाउने असन्तुष्ट समूहलाई घलेले सहयोग गरेपछि एन्फा नेतृत्व रुष्ट बनेको थियो ।

प्रकाशित : फाल्गुन ११, २०७५ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?