कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सीवाइसी अत्तरिया डीपीएल- ३ च्याम्पियन

कान्तिपुर संवाददाता

धनगढी — सीवाइसी अत्तरियाले तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि जितेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले हराउँदै उपाधि उचालेको हो ।

सीवाइसी अत्तरिया डीपीएल- ३ च्याम्पियन

सीवाइसीले पहिलोपल्ट उपाधि उचालेको हो । महेन्द्रनगरले दिएको १२४ रनको लक्ष्य अत्तरियाले १९.५ ओभरमा ७ विकेट गुमाउँदै १२७ रन बनाएर पूरा गर्‍यो । अन्तिम २ बलमा ३ रन चाहिएको अवस्थामा सन्नी पटेलले दोस्रो अन्तिम बलमा अविनाश बोहोरालाई स्ट्रेट छक्का प्रहार गरेका थिए ।


पटेल २६ बलमा ३ चौका र ३ छक्का प्रहार गरी ४७ रनमा अविजित रहे । अर्का अविजित ब्याट्सम्यान जितेन्द्रसिंह ठकुरीले ३ रन बनाए ।


अत्तरियाबाट अन्य खेलाडीमा जयकिसन कोल्सावालाले ३० र कप्तान दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए ।


बलिङतर्फ महेन्द्रनगरका महोम्मद नाभेद र अविनाश बोहोराले २/२ विकेट लिए ।


यसअघि टस जितेर ब्याटिङमा आएको महेन्द्रनगरका ओपनर दीलिप नाथले ४३ रन बनाए । ४१ बल खेलमा उनले ५ चौका र १ छक्का प्रहार गरे ।


कुशल मल्ल २५, रोहित पौडेल २४, आरिफ शेख ११ र महोम्मद नाभेद १० रनमा आउट भए । महेन्द्रनगरका ५ खेलाडी रन आउट भएका थिए ।


अत्तरियाका दीपेन्द्र रावतले २ ओभरमा ११ र दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २४ रन खर्चेर २/२ विकेट लिए । सन्नी पटेलले ४ ओभरमा १ मेडन राख्दै ११ रन खर्चेर १ विकेट लिए ।

अत्तरियाले उपाधि जितेसँगै नगद ३० लाख र महेन्द्रनगर उपविजेता रहँदै १२ लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

...

शरद भेषावकरको कप्तानीमा रहेको महेन्द्रनगर र दीपन्द्रसिंह ऐरीको कप्तानीमा रहेको अत्तरियाबीच फाइनलमा पहिलोपटक भिडिरहेका थिए ।

भेषावकरको कप्तानीमा रहेको टिमले यसैवर्ष मात्रै पोखरा प्रिमियर लिग जितेको थियो । राउन्ड रोबिनको खेलमा अत्तरियाले एक खेल मात्रै हारेको थियो । जुन महेन्द्रनगर युनाइटेडसँग थियो । वर्षाले मैदान हिलाम्य बनाएपछि ६/६ ओभर खेलाइएको उक्त खेलमा महेन्द्रनगरले ७ विकेटको जित हात पारेको थियो ।

फाइनल जित्ने टोलीले ३० लाख र उपविजेताले १२ लाख रुपैयाँ नगद पाउनेछ । यसअघिका दुई संस्करणको उपाधि स्थानीय टोली टिम चौराह धनगढीले उचालेको थियो ।

प्रकाशित : फाल्गुन ११, २०७५ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?