कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सुर्खेत र सल्यान विजयी

कृष्णप्रसाद गौतम

सुर्खेत — वीरेन्द्रनगरमा जारी आठौं राष्ट्रिय खेलकुदअन्तर्गत शनिबार क्रिकेटमा सुर्खेत र सल्यान विजयी भएका छन् । कालुन्चोक मैदानमा सुर्खेतले दैलेखलाई ५ विकेट र सल्यानले रुकुमलाई पनि ५ विकेटले हराएका थिए ।

सुर्खेत र सल्यान विजयी

टस जितेर ब्याटिङ गरेको दैलेखले १६.३ ओभरमा सबै विकेट गुमाई ६९ रनमात्र जोड्न सक्यो । जवाफमा सुर्खेतले ७.५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । अर्को खेलमा रुकुमले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ३० रन बनाएको हो । १ सय ३१ रनको लक्ष्यसहित मैदान उत्रिएको सल्यान १८.५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । आइतबार सुर्खेत र रुकुम तथा सल्यान र दैलेखले प्रतिस्पर्धा गर्ने छन् । क्रिकेटमा कर्णालीका चार जिल्लाले मात्र सहभागिता जनाएका छन् ।


फुटबलतर्फ जुम्ला विजयी भएको छ । जुम्लाले जाजरकोटलाई ३–० ले पराजित गरेको छ । महिलातर्फ भने सुर्खेत र जुम्ला विजयी भए । मंगलगढी आर्मी स्कुलको मैदानमा सुर्खेतले सल्यानलाई ७–० ले हराएको छ । जुम्लाले मुगुलाई ३–० ले पराजित गर्दै फाइनलमा सुर्खेतसँगको भिडन्त पक्का गरेको हो । फाइनल आइतबार हुने संयोजक दीपक शाहीले बताए ।


आठौं राष्ट्रिय खेलकुदका लागि भएको छनोट प्रतियोगिता फागुन २६ सम्म चल्नेछ । कर्णाली प्रदेशअन्तर्गतका जिल्लाका खेलाडीले २१ खेलमा प्रतिस्पर्धा गर्ने प्रदेश खेलकुद परिषद् कर्णाली प्रदेशका प्रचार संयोजक शाहीले बताए ।


राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशबाट २ सय ४५ पुरुष र १ सय ७६ महिला खेलाडी सहभागी हुने संयोजक शाहीले जनाए । प्रदेशस्तरीय खेलकुदका लागि सुर्खेत, सल्यान, जाजरकोट, दैलेख, कञ्चनपुर र दाङ जिल्लालाई छनोट गरिएको छ । सुर्खेतमा आवश्यक रिङसहितको पूर्वाधार नभएकाले उसुको दाङ र बक्सिङको कञ्चनपुर जिल्लामा छनोट गरिएको छ । प्रदेशस्तरीय खलकुदका लागि युवा तथा खेलकुद मन्त्रालयले १ करोड ८९ लाख रुपैयाँ रकम विनियोजन गरेको छ ।

प्रकाशित : फाल्गुन १२, २०७५ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?