कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

महिला साफ च्याम्पियनसिपको तयारी अन्तिम चरणमा

विनोद भण्डारी

विराटनगर — फागुन २८ देखि विराटनगरमा सञ्चालन हुने पाँचौ महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । खेल हुने यहाँको सहिद मैदानमा घाँस उमार्ने काम सकिएको छ ।

मैदानलाई सम्याउने र व्यवस्थित गर्ने काम साता भित्रमा सकिने अखिल नेपाल फुटवल संघका उपाध्यक्ष तथा तयारी समितिका संयोजक पञ्कजविक्रम नेम्वाङले बताए ।

उनका अनुसार खेलाडी र पदाधिकारी बस्ने होटलको व्यवस्था गरिसकिएको छ । खेलाडीलाई रत्ना, जेनियल र स्टन स्टार होलटमा र पदाधिकारी तथा अफिसियलहरुकालागि बिग होटलको व्यवस्था गरिएको छ ।


मैदानमा खेलाडी बक्स र ड्रेसिङ रुम निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेम्वाङले भने साता भित्रमा निर्माण सम्पन्न हुने छ । खेलाडीकालागि अभ्यास गर्न जुट मिलको मैदान, डिपिएस स्कुलको मैदान र सुनसरी दुहवीको खेल मैदानको व्यवस्था गरिएको छ । ती मैदानको मर्मत भइरहेको छ ।


विराटनगर महानगरले सहिद मैदान आसपास र खेलाडी वस्ने होटल देखि सहिद मैदान बीचका सडक निर्माण कार्यलाई उच्च प्राथामिकता दिएको छ । रंगशालाको दक्षिण, पश्चिम, गोश्वरा रोड, जेनियल रोड, डिएसपी मार्गसहित साफ च्याम्पियनसीपकालागि महानगरले जिम्मा लिएका सडक एकसाता भित्रमा निर्माण सम्पन्न भइसक्ने इन्जिनियर प्रकाश चौधरीले बताए । 'पानी परेन भने मैदानमा खेलाडी आउने र र्फकने सबै सडक साता भित्रमा कालोपत्रे भइसक्ने छ,' चौधरीले भने ।


पाकिस्तान सहभागी नहुने

नेपालमा पहिलो पटक हुन लागेको पाँचौ महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा पाकिस्तानले सहभागिता नजनाउने भएको छ ।


फागुन २८ देखि चैत ८ सम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, र मालदिभ्सको सहभागिता रहने एन्फाका प्रवक्ता एंव केन्द्रीय सदस्य किरण राईले बताए ।


प्रतियोगिताको समूह 'ए' मा नेपाल, भुटान र बंगलादेश समूह 'बी' मा भारत, श्रीलंका र मालदिभ्स छन् । प्रतियोगिताको उद्घाटन खेल फागुन २८ गते नेपाल र भुटान बीच हुने एन्फाले जनाएको छ ।

प्रकाशित : फाल्गुन १३, २०७५ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?