१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

ह्याट्रिक विकेटको खेलो

विनोद पाण्डे

काठमाडौँ — रुविना क्षक्री अन्तर्राष्ट्रिय त्रिकेटमा दुईपटक ह्याट्रिक विकेट लिने नेपालको पहिलो महिला खेलाडी बनेकी छन् । आईसीसी वुमन्स ट्वान्टी–२० एसिया क्षेक्र छनोटमा कुवेतविरुद्ध अन्तिम ३ विकेट लिँदै रुविनाले अन्तर्राष्ट्रिय त्रिकेटमा दोस्रोपटक ह्याट्रिक विकेट लिएकी हुन् । 

ह्याट्रिक विकेटको खेलो

ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपाली महिला खेलाडीको पहिलो ह्याट्रिक विकेट लिनेक्रममा कप्तान रुविनाले बैंककस्थित एआईटी मैदानमा खेलको अन्तिम तीन बलमा लगातार तीन विकेट लिएकी थिइन् । उनको प्रयासमा कुवेतलाई ८६–९ को स्कोरमा रोक्दै नेपालले खेल ३० रनले जित्यो ।


रुविनाले आउट गरेका खादिजा खलिल, मदिहा जुबेरी, जिफा जिलानी सबै खेलाडी बोल्ड भएका थिए । रुविनाले पहिलो

ह्याट्रिक २००९ मा मलेसियामा सिंगापुरविरुद्ध लिएकी थिइन् । त्यो नेपाली महिला खेलाडीको पहिलो ह्याट्रिक विकेट पनि थियो । संयोग के थियो भने रुविनाले पहिलो ह्याट्रिक पनि अन्तिम ओभरमा लिएकी थिइन् । रुविनाले सो खेलमा अन्तिम ओभरमा ह्याट्रिकसहित ५ विकेट लिएकी थिइन् ।


रुविनाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै सनसनी मच्चाएकी थिइन् । नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक विकेट लिएका अर्का दुई महिला खेलाडीले पनि यो सफलता आफ्नो पहिलो प्रतियोगितामै गरेका थिए । करुणा भण्डारी र सबनम राई ह्याट्रिक विकेट लिने अर्का दुई महिला खेलाडी हुन् ।


करुणाले २०११ मा कुवेतमा थाइल्यान्डविरुद्ध तेस्रो स्थानको प्लेअफमा तथा सबनमले २०१७ मा थाइल्यान्डमा चीनविरुद्ध ह्याट्रिक विकेट लिएका थिए । कुवेत सिटीको केइसी मैदानमा करुणाले १६ औं ओभरमा लगातार तीन विकेट लिएपछि दुई वाइड फाल्न पुगेकी थिइन् । त्यसपछिको अर्को बलमा विकेट लिएर उनले विकेट लिनेक्रमलाई निरन्तरता दिएकी थिइन् । आफूले खेलेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै उनले सो कमाल देखाएकी थिइन् ।


सबनमले पनि ‘डेब्यु’ प्रतियोगितामै ह्याट्रिक विकेटको स्वाद चाखेकी थिइन् । रुविनाले बुधबार ह्याट्रिक विकेट लिएको बैंककस्थित एआईटी मैदानमा सबनमले चीनविरुद्ध लगातार तीन विकेट लिएकी थिइन् ।


रुविनाको बुधबारको सफलतामा सबै खेलाडी बोल्ड भएका थिए भने सबनमले त्यही मैदानमा लगातार तीन विकेट लिँदा सबै खेलाडी एलबीडब्लूको सिकार भएका थिए । नेपालले खेलेको पछिल्लो दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सबनम राष्ट्रिय टोलीमा छैनन् ।


नेपालबाट पुरुषतर्फ शक्ति गौचनले विश्व ट्वान्टी–२० छनोटमा डेनमार्कविरुद्ध ह्याट्रिक विकेट लिएका छन् । त्यस्तै यू–१९ मा अविनाश कर्णले पनि लगातार तीन विकेट लिएका छन् ।


महिला क्रिकेटमा नेपाली खेलाडीको ह्याट्रिक विकेट

खेलाडी कहिलेकहाँ विरूद्ध

रुविना क्षत्री२००९मलेसिया सिंगापुर

करुणा भण्डारी२०११कुवेत थाइल्यान्ड

सबनम राई२०१७थाइल्यान्ड चीन

रुविना क्षत्री२०१९थाइल्यान्ड कुवेत

प्रकाशित : फाल्गुन १६, २०७५ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?