कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सन्दीपको कमाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली युवा स्टार सन्दीप लामिछानेले ट्वान्टी–२० मा करिअरकै उत्कृष्ट बलिङ गरेपछि पाकिस्तान सुपर लिग (पीएसएल) मा लाहोर क्वालान्दर्सले क्वेटा ग्ल्याडिएटर्समाथि ८ विकेटको जित दर्ता गरेको छ । 

सन्दीपको कमाल

टस जितेर आक्रामक सुरुआत गरेको क्वेटाको रनगति रोक्न प्रभावशाली बनेका सन्दीपले ४ ओभरमा १० रन खर्चेर ४ विकेट लिएपछि लाहोरले खेलमा पकड जमाएको थियो । इनिङको चौथो ओभरमा सन्दीपले क्वेटाका सेन वाट्सनलाई एलबीडब्लू आउट गर्दै विकेट सुरुआत गरेका थिए ।


छैटौं ओभरको पहिलो बलमा रिली रोस्सोलाई डेभिड बीसीको हातबाट क्याच आउट गराएका सन्दीपले त्यही ओभरको अन्तिम बलमा उमर अकमललाई बोल्ड गरे । आठौं ओभरमा डेनिस एइजाजलाई आउट गरेसँगै क्वेटाले खेलमा पकड गुमायो । उनी खेलको म्यान अफ द म्याचसमेत चुनिए ।


१९.१ ओभरमा सबै विकेट गुमाएको क्वेटाले १ सय ६ रन बनाएको थियो । १ सय ७ रनको लक्ष्य लाहोरले १६.३ ओभरमा २ विकेट गुमाएर भेट्टायो । लाहोरका लागि एबीडी भिलियर्सले ३८ बलमा ४७ र ह्यारिस सोहेलले ४२ बलमा ३३ अविजित रन बनाए । ओपनर गौहार अलीले २१ रन बनाए ।


पीएसएलमा लाहोरले छैटौं खेलमा तेस्रो जित निकाल्दा ६ अंकसहित अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट ८ अंकसहित क्वेटा शीर्ष स्थानमा छ ।

प्रकाशित : फाल्गुन १६, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?