कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सूर्य नेपाल च्यालेन्ज : रामे दुई स्ट्रोक अगाडि

कान्तिपुर संवाददाता

काठमाडौँ — रामे मगरले घरेलु कोर्स रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा पाँच अन्डर ६३ स्कोर गर्दै सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन बिहीबार शीर्षस्थान ओगटेका छन् । ५४ होलको समाप्तिमा ५ अन्डर १ सय ९९ को अवस्थामा रहेका उनले भुवन नगरकोटीमाथि दुई स्ट्रोकको अग्रता लिएका हुन् ।

सूर्य नेपाल च्यालेन्ज : रामे दुई स्ट्रोक अगाडि

पार ६८ को आरएनजीसीमा भइरहेको सूर्य नेपाल गल्फ टुर २०१८–१९ को छैटौं प्रतियोगितामा रामेलाई तीन अन्डर २ सय १ मा रहेर भुवनले पछ्याइरहेका छन् । भुवनले पनि बुधबार ६३ स्ट्रोक खेले । एमेच्योर सुवास तामाङ एक ओभर ६९ खेल्दै समग्रमा दुई अन्डर २ सय २ सहित तेस्रोमा छन् ।


दोस्रो दिन शीर्षस्थानमा रहेका भुवनकुमार रोकाले उस्तै प्रदर्शन बिहीबार कायम राख्न सकेनन् र तीन ओभर ७१ को कार्ड बनाउन पुगे । त्यसैले उनी एक अन्डर २ सय ३ सहित चौथो स्थानमा पुगेका छन् । विकास अधिकारी पनि एक अन्डर २ सय ४ को अवस्थामा छन् । उनले दुई अन्डर ६६ स्कोर गरे ।


रामेले सुरुका नौ होलमा दुई अन्डर ३२ बनाए । थप उत्कृष्ट प्रदर्शन गर्ने क्रममा उनले पछिल्ला नौ होलमा तीन अन्डर ३१ स्कोर गरे । सुरुका दुई होलमा लगातार बर्डी गर्दै खेल सुरु गरेका उनले चौथो होलमा पनि एक शट जोगाए । सातौं होलमा बोगीमा परेका उनले १० होलमा दुई स्ट्रोक बचाएर इगल आत्मसात गरे । ११, १३ र १४ औं होलमा बर्डी गरेका उनी १६ औं होलमा भने बोगीमा परेका थिए ।


एमेच्योर सुवासले सुरुका ९ होलमा एक ओभर ३५ स्कोर गरेका थिए । उनले पछिल्ला ९ होल भने इभन पार ३४ मा पूरा गरे । डिफेन्डिङ च्याम्पियन भुवनले सुरुका ९ होलमा दुई अन्डर ३२ को कार्ड बनाए । पछिल्ला ९ होलमा थप सुधार गर्दै उनले तीन अन्डर ३१ स्कोर गरे । कुल चार लाख ४१ हजार रुपैयाँ पुरस्कारको प्रतियोगिता शुक्रबार सकिनेछ ।

प्रकाशित : फाल्गुन २४, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?