२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

फेरि खास म्यानचेस्टर

एएफपी

लन्डन — ओले गनर सोल्सायरको नाम म्यानचेस्टर युनाइटेडको त्यो इतिहाससँग जोडिन्छ, जसमा क्लबले हात पारेका प्रख्यात जित छन् । ती जित युरोपेली फुटबलका हुन् । अन्तिम समयमा प्राप्त जितहरू हुन् ती । उनी अहिले म्यानचेस्टरका व्यवस्थापक छन् । उनकै नेतृत्वमा क्लबले हालै अर्को यस्तै अद्वितीय जित निकालेको छ, पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध ।

फेरि खास म्यानचेस्टर

अहिलेसम्म पहिलो लेग घरमै २–० ले गुमाएर कुनै पनि टिम युरोपेली कपमा अर्को चरण पुगेको छैन ।


अब यस्तै उपलब्धि म्यानचेस्टरको नाममा हुने भयो । त्यसो त अहिलेको म्यानचेस्टर कुनै कमजोर टिम होइन, यदि त्यसमा जादुयी पाउल पोग्बा छन् भने । तर पीएसजीको सामना गर्दा उनी थिएनन् प्रतिबन्धका कारण । चोटका कारण पहिलो रोजाइका ९ खेलाडी पनि थिएन । रोमेलु लुकाकुले पहिलो हाफमा गरेका दुई गोल मदतले म्यानचेस्टरले ३–१ को प्रख्यात जित रचेको थियो । यससँगै टिम क्वाटरफाइनल पनि पुगेको छ । घरबाहिरको गोल मदतमा ।


पोग्बाको अनुपस्थितिमा म्यानचेस्टरका लागि खेलको अन्त्यतिर निर्णायक साबित पेनाल्टी प्रहार गरेका थिए, मार्कस रसफोर्डले । उनी २१ वर्षे खेलाडी हुन् । त्यस्तै जित । सायद योभन्दा पनि ठूलो जित । २० वर्षअगाडि प्राप्त भएको थियो, जति बेला सोल्सायरको यस्तै अन्तिम समयको गोलले म्यानचेस्टर युरोपेली विजेता बनेको थियो, बार्सिलोनाको मैदानमा बायर्न म्युनिखविरुद्ध । त्यति बेलाको खेल हेर्ने हो भने अहिले पनि रोमाञ्चकता पाइन्छ ।


‘पक्कै पनि पेनाल्टी प्रहारका बेला रसफोर्डमाथि दबाब थियो तर उनी आत्तिएका भने थिएनन्,’ सोल्सायरले भने, ‘हामी म्यानचेस्टर क्लबका लागि यस्तै खेल्छौं र यस्तै खेल आफ्नो पक्षमा पार्छौं । यो नै खासमा म्यानचेस्टर युनाइटेड हो ।’ तीन महिनामात्र भयो, सोल्सायरले म्यानचेस्टर सम्हालेको । त्यसअगाडि रेड डेभिल्सको जिम्मेवारीबाट बर्खास्तगीमा परेका थिए, जोसे मोउरिन्हो । मोउरिन्होको बेला यही म्याचेस्टर कति धेरै खराब थियो भने विश्वास पनि हुन्न ।


अहिले सम्भवतः म्यानचेस्टर उही पुरानो लयमा फर्केको छ । जुन ६ वर्षअगाडि देखिन्थ्यो । त्यति बेलाका व्यवस्थापक सर एलेक्स फर्गुसनको पालामा । भनिरहनुपर्दैन, फर्गुसन सोल्सायरका पनि गुरु हुन् । स्वाभाविक रूपमा म्यानचेस्टरको हातबाट पीएसजीका लागि प्रतियोगिताबाट बाहिरिनु पीडादायी रह्यो । आखिरमा नहोस् पनि किन । भने, सन् २०११ यता म्यानचेस्टरले नकआउट चरणमा कुनै खेल जितेकै छैन च्याम्पियन्स लिगमा ।


आक्रामक र महत्त्वाकांक्षी खेल खेलाइरहेका छन्, सोल्सायरले । यस्तै खेल उनले आफू खेलाडी छँदा फर्गुसनको नेतृत्वमा खेलेका थिए । अहिले उनी फर्गुसनकै बाटो पछ्याइरहेका छन् । ती पुराना दिनमा म्यानचेस्टरको खेल यस्तै हुने गर्थ्यो । अहिले तत्काल म्यानचेस्टरलाई भाग्यले पनि साथ दिइरहेको छ । सोल्सायरको व्यवस्थापकीय मान्यताको एउटा पाटो हो, युवा खेलाडीमाथि विश्वास । रसफोर्ड पनि म्यानचेस्टरकै एकेडेमीका खेलाडी हुन् ।


उनीसँगै मैदानमा स्कट म्याकटोमिनी पनि थिए । यी हुन् २२ वर्षे मिडफिल्डका खेलाडी । अनि बेन्चमा तीन किशोर खेलाडी पनि थिए, डिगो डलट, ताहिथ चोङ र मेसन ग्रिनउड । यति महत्त्वपूर्ण खेलमा युवा खेलाडीमाथि यति धेरै विश्वास । सोल्सायरको नेतृत्वमा अहिलेसम्म म्यानचेस्टरले १७ खेल खेलेको छ । त्यसमध्ये १४ मा टिम विजयी छ । त्यसमध्ये पछिल्लोपल्ट पीएसजीसँगको हार त अब सबैले बिर्सिसकेका पनि छन् । त्यस्तोमा म्यानचेस्टर फेरि खास भएको छ ।


–केरन चानिङ

प्रकाशित : फाल्गुन २५, २०७५ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?