कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुवास च्याम्पियन

कान्तिपुर संवाददाता

काठमाडौँ — एमेच्योर सुवास तामाङले तीन अन्डर ६५ खेल्दै रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा शुक्रबार सम्पन्न सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन् । उनले ७२ होलको प्रतियोगितामा प्रो भुवन नगरकोटीलाई एक स्ट्रोकले पछाडि पार्दै उपाधि जितेका हुन् ।

सुवास च्याम्पियन

प्रतियोगितामा सुवासले कुल स्कोर ५ अन्डर २ सय ६७ गरे । एमेच्योरलाई नगद पुरस्कार नदिइने गल्फको प्रचलन भएकाले सुवासले ट्रफीमै चित्त बुझाए । एमेच्योर छँदै व्यावसायिक गल्फको उपाधि जित्ने उनी चौथो खेलाडी हुन् ।


यसअघि शिवराम श्रेष्ठ (वेस्टर्न ओपन २००५), रुपक आचार्य (सेन्ट्रल ओपन २०१०), शुक्र बहादुर राई (इस्टर्न ओपन २०१८) ले एमेच्योर छँदै मुख्य उपाधि जितेका थिए । १६ वर्षीय सुवास सन् २००८ मा सुरु भएको सूर्य नेपाल गल्फ टुरमा उपाधि जित्ने सबैभन्दा कान्छो गल्फर पनि हुन् ।


अन्तिम दिन एक अन्डर ६७ स्कोर गरेका भुवनले कुल चार अन्डर २ सय ६८ को कार्ड बनाए । कुल चार लाख ४१ हजार रुपैयाँ पुरस्कारको प्रतियोगितामा गत वर्षको विजेता भुवनले ८४ हजार हात पारे । दिनेश प्रजापति एक अन्डर २ सय ७१ स्कोरसहित दोस्रोमा रहे । व्यावसायिक गल्फरतर्फ दोस्रोमा रहेका उनले ५३ हजार प्राप्त गरे ।


प्रोतर्फ रामे मगर इभन पार २ सय ७२ सहित तेस्रो भए । विकास अधिकारी (१ ओभर २ सय ७३), भुवनकुमार रोका (२ ओभर २ सय ७४) शीर्ष पाँचमा रहे ।

प्रकाशित : फाल्गुन २५, २०७५ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?