२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

रूपन्देहीलाई उपाधि

घनश्याम गौतम

रूपन्देही — रोचक प्रतिस्पर्धाबीच जिल्ला भलिबल संघ रूपन्देहीले प्रदेश ५ स्तरीय छैटौं मणिमुकुन्द कप भलिबलको उपाधि जितेको छ । आठौं राष्ट्रिय खेलकुदका लागि भएको प्रदेश छनोटमा पनि रूपन्देहीले गुल्मीलाई हराएको थियो । 

रूपन्देहीलाई उपाधि

शुक्रबार अन्तिम खेलमा गुल्मीलाई ३–२ को सेटमा पराजित गर्दै रूपन्देहीले उपाधि चुमेको हो । पहिलो सेटमा रूपन्देहीले २५–१८ ले अग्रता लिए पनि दोस्रो सेटमा त्यही लय समात्न सकेन । खेलाडीको तालमेल मिल्न नसक्दाको फाइदा लिँदै गुल्मीले दोस्रो र तेस्रो सेट २५–१५, २५–२३ ले आफ्नो पक्षमा पार्‍यो ।


अन्तिम सेटमा गुल्मीका लिबरो बादल हमालको फितलो प्रदर्शनको मौका रूपन्देहीले लिन सफल भयो । निकै प्रतिस्पर्धाबीच चौथो सेट रूपन्देहीले २६–२४ आफ्नो पक्षमा ल्याउँदै बराबरी सेट बनायो । अन्तिम सेटमा बराबरी अंकसाथ अघि बढेका दुवै टिमको रोचक थियो । घरेलु कोर्टमा रूपन्देही दर्शकको समर्थन थिएन ।


गुल्मीले दर्शकको साथ पाएपनि अन्तिममा क्विक स्पाइकर भानु कुँवर र मौसम कुँवरले तालमेल मिलाउन नसक्दा १५–१२ ले रूपन्देहीले सेट जित्यो । साताबीच रूपन्देहीले गुल्मीसँग दोस्रो जित हात पारेको हो । विजेताले १ लाख १ हजार र उपविजेता ७१ हजार रुपैयाँ पुरस्कार पाए । नवलपरासीले तेस्रो हुँदै ४४ हजार र पाल्पाले सान्त्वना पुरस्कारवापत २२ हजार रुपैयाँ पाए ।


सर्वोत्कृष्ट खेलाडी गुल्मीका विक्रम थापा घोषित भए । उनले ५ हजार पाए । रूपन्देहीका लोकेन्द्र भण्डारी सेटर, पाल्पाका देउबहादुर सिंन्जाली ब्लकर, रूपन्देहीका थमन खत्री स्पाइकर, गुल्मीका डोलबहादुर थापा डिफेन्स, गुल्मीकै मौसम कुँवर सर्भर, रूपन्देहीका पूरन थापा क्विक स्पाइकरमा उत्कृष्ट घोषित भए । सबैले २ हजार ५ सय रुपैयाँ पाए । नवलपरासीका गोपाल चौधरी उदीयमान खेलाडी भए ।


जिल्ला भलिबल संघ बाँकेले फेयर प्ले ट्रफी जित्यो । प्रतियोगिता मणिमुकुन्द भलिबल क्लबको आयोजनामा भएको हो ।

प्रकाशित : फाल्गुन २५, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?