१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

वालिङ-१०० माउन्टेनको उपाधि क्यानडाका वालेसलाई

प्रतिक्षा काफ्ले

स्याङ्जा — वालिङमा शनिबार भएको अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको उपाधि क्यानडियन खेलाडी कोरी वालेसले हात पारेका छन् ।

वालिङ-१०० माउन्टेनको उपाधि क्यानडाका वालेसलाई

कोरीले एकसय किलोमिटरको दूरी ६ घण्टा २० मिनेट ५८ सेकेण्डमा पूरा गरेका हुन् । टाइटलतर्फ प्रथम भएका कोरीले नगद ५ लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

महिलातर्फ लक्ष्मी मगर आठ घण्टा नौ मिनेट २६ सेकेण्डमा निर्धारित दूरी पार गरेर प्रथम भइन् । उनले ३ लाख नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेकी छन् ।


यसैगरी प्रतियोगितामा ८ घण्टा ५१ मिनेट ५६ सेकेन्डमा सो दूरी पार गरी सोनी गुरुङले द्वितीय स्थान हात पार्न सफल भएकी छन् । द्वितीय भएसँगै गुरुङले ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् । प्रतियोगितामा पुरुषतर्फ हर्कबहादुर लामा प्रथम, कमल ओली द्वितीय र सन्तोष गुरुङले तृतीय स्थान हाँसिल गर्न सफल भएका छन् । उनीहरुले क्रमशः १ लाख ५० हजार, ५० हजार र ३० हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।


प्रतियोगिताको घोषणसभामा गण्डकी प्रदेशसभा सदस्य एवं विधायन समितिका सभापति मोहनप्रसाद रेग्मी, वालिङ नगरप्रमुख दिलीपप्रताप खाँण, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलगायतले विजयी खेलाडीलाई पुरस्कार वितरण एवं सम्मान गरेका थिए । २ पटकसम्म वर्ल्ड च्याम्पियन बनेका टाइटलतर्फ च्याम्पियन भएका क्यानेडाली खेलाडी वालेसले आफू सहभागी भएको प्रतियोगिता मध्ये यहाँ भएको प्रतियोगिता निकै कठिन खालको भएको बताए ।


यो प्रतियोगिताले आफूमा थप साहस बढेको प्रतिक्रिया दिँदै माउन्टेन बाइक प्रतियोगिताका लागि यो ठाउँ उपयुक्त भएको बताए । वन्डरफूल वालिङ पर्यटन विकास संस्थाको आयोजना र वालिङ नगरपालिकाको सहयोगमा सम्पन्न भएको प्रतियोगिताबाट जिल्लालाई नै साहसिक पर्यटकीय गन्तव्यका रूपमा विश्वभरि परिचित गराउने उद्देश्य लिइएको संस्थाका अध्यक्ष दिनकर नेपालले जानकारी दिए ।

प्रतियोगितामा दुई पटकसम्म विश्व च्याम्पियन बनेका क्यानेडाली वालेससहित दुई विदेशी र २६ स्वदेशी गरी २८ खेलाडीको सहभागिता रहेको थियो ।

प्रकाशित : फाल्गुन २६, २०७५ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?