कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साफ वुमेन्स च्याम्पियनसिप : मोफसलमा पहिलोअन्तर्राष्ट्रिय प्रतियोगिता

विनोद भण्डारी

विराटनगर — राणा शासनकालमै सहिद मैदान २००३ सालमै बनाउन थालिएको थियो । त्यसको अर्को वर्ष नै महेन्द्र गोल्डकप फुटबल सुरु गरियो, जहाँ नेपाल, भारत, बंगलादेश र भुटानका चर्चित क्लबले प्रतिस्पर्धा गरे । महेन्द्र गोल्डकप १८ पल्ट सञ्चालन भयो । 

साफ वुमेन्स च्याम्पियनसिप : मोफसलमा पहिलोअन्तर्राष्ट्रिय प्रतियोगिता

देशमा गणतन्त्र आएपछि त्यसलाई थाँती राख्दै विराट गोल्डकप सुरु गरियो र यो नकआउट प्रतियोगिता पाँचपल्ट भइसकेको छ । नेपालका सबैजसो चर्चित खेलाडी तथा भारतीय फुटबलका लिजेन्ड श्याम थापाले आफ्ना फुटबल कला देखाइसकेको सहिद मैदानमा मंगलबार साफ वुमेन्स च्याम्पियनसिपको पाँचौं संस्करण सुरु हुँदै छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) का सदस्य सात देशमध्ये ६ देश सहभागी यो च्याम्पियनसिप पहिलोपल्ट नेपालमा हुन लागेको हो । मोफसलमा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो आयोजक बन्ने सौभाग्य विराटनगरले पाएको छ ।

‘फुटबल गतिविधि विकेन्द्रीकृत गर्ने अभियानका रूपमा पहिलोपल्ट मोसफलमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागिएको हो,’ अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष एवं साफ वुमेन्स च्याम्पियनसिप आयोजक समितिका संयोजक पंकजविक्रम नेम्वाङले भने, ‘प्रदेश १ र विराटनगर महानगरपालिकाले सहिद मैदानलाई स्तरोन्नति गरेर अन्तर्राष्ट्रिय मापदण्डको रंगशालाकै रूप दिइएको छ । अरू प्रदेशलाई पनि ठूला प्रतियोगिता आयोजनाका लागि पूर्वाधार निर्माण गर्न उत्साहित बनाएको छ ।’

‘देशमै पहिलोपल्ट हुन लागेको साफ महिला च्याम्पियनसिप आयोजना गर्न पाउनु विराटनगरका लागि गौरव हो,’ विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले भने, ‘महानगरको मात्र नभई प्रदेश १ र देशकै प्रतिष्ठा हो । यसलाई सफल बनाउने छौं ।’ यो साफकै अवसरमा रंगशालामा प्यारापिट थपेर १० हजार दर्शक अटाउन सक्ने बनाइएको छ । चेन्जिङ रुम, मिडिया सेन्टर र प्लेयर बक्स निर्माण गरिएको छ ।

महिला फुटबलमा दक्षिण एसियाकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिताका रूपमा रहेको साफ च्याम्पियनसिपमा आन्तरिक कारण जनाउँदै पाकिस्तानले नाम फिर्ता लियो । सुरुका तीन संस्करण उपविजेता नेपाल, निरन्तर च्याम्पियन भइरहेको भारत, पछिल्लोपल्टको उपविजेता बंगलादेशसहित श्रीलंका, माल्दिभ्स र भुटानी टिमले यसपालि प्रतिस्पर्धा गर्दै छन् ।

श्रीलंकाले समयमै आयोजना गर्न नसकेपछि एन्फाको प्रस्तावअनुसार साफले यो च्याम्पियनसिप नेपाललाई आयोजना गर्न दिएको हो । यसअघि साफ वुमेन्स च्याम्पियनसिप कक्स बजार, बंगलादेश (सन् २०१०), कोलम्बो (२०१२), इस्लामाबाद (२०१४) र सिलिगुढी (२०१७) मा भएको थियो ।


उद्घाटन खेल

पाँचौं साफ वुमेन्सको उद्घाटन खेलमा नेपालले भुटानविरुद्ध प्रतिस्पर्धा गर्दै छ । साफमा भारत सबैभन्दा बलियो टिम हो । त्यसपछि नेपाललाई अब्बल मानिन्छ । त्यसैले भुटानविरुद्ध नेपालले सहज जित हात पार्ने अपेक्षा गरिएको छ । नेपालले भुटानी महिला टिमविरुद्ध सन् २०१४ र २०१६ को साफमा खेलेको थियो । दुवैमा समान ८–० को जित हात पारेको थियो ।

भुटानले साफमा कुनै खेल जितेको छैन । ८ चैतसम्म हुने च्याम्पियनसिपको समूह ए मा नेपाल, बंगलादेश र भुटान तथा समूह बी मा भारत, माल्दिभ्स र श्रीलंका छन् ।

प्रकाशित : फाल्गुन २८, २०७५ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?