साफ वुमेन्स च्याम्पियनसिप : नेपालको विजयी सुरुआत

नेपालले भुटानलाई ३-० ले हरायो
राजु घिसिङ

विराटनगर — साफ वुमेन्स च्याम्पियनसीपको उद्घाटन खेलमा नेपालले विजयी सुरुआत गरेको छ । विराटनगरको सहिद रंगशालामा मंगलवार अपरान्ह भएको भुटान विरुद्धको खेलमा नेपालले ३-० को जीत हात पारेको हो । 



सुरुदेखि नै भुटानलाई दबाबमा राखेको नेपालले खेलको १३ औँ मिनेट अग्रता लिएको थियो। मञ्जली कुमारी योञ्जनले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। उनले पेनाल्टी क्षेत्रको बायाँ भागबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो। त्यसको चार मिनेटमा सावित्री भण्डारीले अग्रतालाई दोब्बर पारिन्। खेलको ५४औँ मिनेटमा निरु थापाले तेस्रो गोल थपिन्।

नेपालले पटक पटक अवसर पाएपनि गोलमा परिणत गर्न भने सकेन। नेपालले पहिलो खेल जित्दै ३ अंक जोडेको छ। अहिलेसम्म भुटानले नेपाललाई कुनै खेलमा हराउन सकेको छैन। समूह ए मा रहेको नेपालले आफ्नो दोस्रो खेल बंगलादेशसँग खेल्नेछ।

प्रकाशित : फाल्गुन २८, २०७५ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

वैदेशिक रोजगार व्यवसायीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले गैरकानुनी रूपमा आर्थिक सहायता नदिँदा विप्लव समूहले विस्फोट गराएको भन्दै दोषीलाई कडा कानुनी कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ ।

सङ्घद्वारा गठित घटना समन्वय समितिका संयोजक दिलप्रसाद पोखरेलको नेतृत्वमा गएको टोलीले मङ्गलवार प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाउँदै दोषीमाथि कारबाहीको माग गरेको हो।

विप्लव नेतृत्वको भातृ सङ्गठन युवा सङ्गठन नेपालले गत शुक्रवार सङ्घका अध्यक्ष रोहन गुरुङको निवास/कार्यालयमा बम विस्फोट भएको थियो। विस्फोटबाट गाडी, घर, कार्यालयमा क्षति पुगेको छ।

टोलीले विस्फोट गर्नुअघि युवा सङ्गठन नेपालले चन्दा मागेको प्रधानमन्त्री समक्ष बताएका छन्। 'माग गरिएको आर्थिक चन्दा नदिइएको कारणले व्यवसायीलाई आतंकित बनाई डर, त्रास पैदा गरी आर्थिक सङ्कलन गर्ने नियतले विस्फोट गराइएको हो,' समितिका संयोजक पोखरेलले भने, 'यो विस्फोट व्यवसायीमाथिको मात्र नभई राज्यमाथि कै आक्रमण भएको हाम्रो ठहर छ।'

टोलीले सङ्घका अध्यक्षको घर, सवारी साधन, र कार्यालयमा गराइएको विस्फोटबाट भएको क्षतिको उचित क्षतिपूर्ति दिन माग गरेको छ।

प्रकाशित : फाल्गुन २८, २०७५ १५:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT