प्रदेशस्तरीय फुटबल प्रतियोगितामा नुवाकोट विजयी 

कृष्ण थापा

नुवाकोट — आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ३ नं. प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगितामा नुवाकोट टिमले जित हासिल गरेको छ ।मंगलबार नुवाकोट आदर्श बहुमुखी क्याम्पसको चउरमा भएको फाइनल खेलमा मकवानपुरलाई ३-२ ले हराउँदै नुवाकोट विजयी बनेको हो ।

नुवाकोटका लागि रामकाजी कुमालले २ र राजकुमार कुमाल नानुले १ गोल गरेका थिए । त्यसैगरी मकवानपुरका खेलाडी कृष्णवीर रुम्बाले पहिलो र सुनिल घलानले दोस्रो गोल गरे ।

Citizen


विजयी टिमलाई विदुर नगरपालिकाका उपप्रमुख गीता दाहाल अर्याल, जिल्ला खेलकुद विकास समिति अध्यक्ष बुद्धि प्रधान र प्रदेश खेलकुद परिषद्का सुदिल शाहीले संयुक्त रुपमा मेडल, ट्रफी र प्रमाणपत्र हस्तान्तरण गरेका थिए । रामकाजी कुमाल म्यानअफ द म्याच घोषित भए ।

जिल्ला खेलकुद विकास समितिको संयोजन, नुवाकोट जिल्ला फुटबल संघ र ३ नं. प्रदेश खेलकुद परिषद्को आयोजनामा शुक्रबारदेखि प्रतियोगिता भएको हो । प्रतियोगितामा रसुवाबाहेक समूह 'क' मा काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, चित्तवन, दोलखा, मकवानपुर रहेका छन् भने समूह 'ख' रामेछाप, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ र सिन्धुली जिल्लाका खेलाडी सहभागी थिए ।

प्रकाशित : फाल्गुन २८, २०७५ १९:१७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

युवा उद्यम परियोजना प्रस्ताव लेखनमा देशव्यापी प्रतिस्पर्धा

कान्तिपुर संवाददाता

काठमाडौँ — युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत राष्ट्रिय युवा परिषद्ले उद्यम गर्न चाहने युवाका लागि गराएको परियोजना लेखन प्रतिस्पर्धामा स्याङ्जाकी सुनीता क्षत्री पहिलो भएकी छन् । सात प्रदेशका २० युवाले भाग लिएको प्रतियोगितामा काभ्रेका विजय तामाङ दोस्रो र बर्दियाका टोपलाल विक तेस्रो भए ।

नवलपरासीका देवेन्द्र चौधरी र ललितपुरकी अस्मिता महर्जनले सान्त्वना पुरस्कार जितेका छन् ।

विजेतालाई युवा तथा खेलकुदमन्क्री जगतबहादुर सुनार विश्वकर्माले त्रमशः ५० हजार, ३५ हजार, २० हजार र दस–दस हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेका छन् । प्रतिस्पर्धामा उत्कृष्ट परियोजनालाई नमुनाका रूपमा प्रकाशन गरिने जनाइएको छ ।

जिल्ला र प्रदेशमा उद्यम परियोजना प्रस्ताव लेखनबाट उत्कृष्ट भएर उनीहरू प्रतिस्पर्धाका लागि संघीय राजधानी आएका थिए । ‘सिर्जनात्मक काम गर्न खोज्ने युवा धेरै छन् तर विस्तृत योजना निर्माण गर्न नजान्दा ऋण, अनुदान पाउन सक्दैनन्,’ परिषदका उपाध्यक्ष माधव ढुंगेलल भने, ‘त्यसैले परियोजना प्रस्ताव लेखनमा प्रतिस्पर्धा गराएका हौं ।’

मन्त्रालयले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ जारी गरेको छ । कार्यविधिअन्तर्गत युवाले सात प्रकारको परियोजनाअन्तर्गत सहुलियत ऋण लिन पाउँछन् ।

प्रकाशित : फाल्गुन २८, २०७५ १९:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT