१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्रदेशस्तरीय फुटबल प्रतियोगितामा नुवाकोट विजयी 

कृष्ण थापा

नुवाकोट — आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ३ नं. प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगितामा नुवाकोट टिमले जित हासिल गरेको छ ।
मंगलबार नुवाकोट आदर्श बहुमुखी क्याम्पसको चउरमा भएको फाइनल खेलमा मकवानपुरलाई ३-२ ले हराउँदै नुवाकोट विजयी बनेको हो ।

प्रदेशस्तरीय फुटबल प्रतियोगितामा नुवाकोट विजयी 

नुवाकोटका लागि रामकाजी कुमालले २ र राजकुमार कुमाल नानुले १ गोल गरेका थिए । त्यसैगरी मकवानपुरका खेलाडी कृष्णवीर रुम्बाले पहिलो र सुनिल घलानले दोस्रो गोल गरे ।


विजयी टिमलाई विदुर नगरपालिकाका उपप्रमुख गीता दाहाल अर्याल, जिल्ला खेलकुद विकास समिति अध्यक्ष बुद्धि प्रधान र प्रदेश खेलकुद परिषद्का सुदिल शाहीले संयुक्त रुपमा मेडल, ट्रफी र प्रमाणपत्र हस्तान्तरण गरेका थिए । रामकाजी कुमाल म्यानअफ द म्याच घोषित भए ।


जिल्ला खेलकुद विकास समितिको संयोजन, नुवाकोट जिल्ला फुटबल संघ र ३ नं. प्रदेश खेलकुद परिषद्को आयोजनामा शुक्रबारदेखि प्रतियोगिता भएको हो । प्रतियोगितामा रसुवाबाहेक समूह 'क' मा काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, चित्तवन, दोलखा, मकवानपुर रहेका छन् भने समूह 'ख' रामेछाप, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ र सिन्धुली जिल्लाका खेलाडी सहभागी थिए ।


प्रकाशित : फाल्गुन २८, २०७५ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?