१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

दस महिनामै फर्किए जिदान

एएफपी

म्याड्रिड — जिनेदिन जिदानले २९ मिनेटसम्म विभिन्न प्रश्नको सामन गर्नुप¥यो । उपस्थित सबैको प्रश्नको सार दुईवटा थिए– अहिले किन ? र अब के ? सोमबार सान्टियागो वर्नबाउको खचाखचपूर्ण हलमा राउल र रोबर्टो कार्लोस अगाडिको सिटमा बसेका थिए । आधिकारिक घोषणाको डेढ घण्टापछि पत्रकारले प्रश्नका लागि पहुँच पाएका थिए ।

दस महिनामै फर्किए जिदान

सान्टियागो सोलारीलाई रियल मड्रिडले प्रशिक्षक पदबाट बर्खास्त गरेको थियो र उनको स्थानमा २ सय ८४ दिनपछि जिनेदिन जिदानले पुनरागमन गरेका थिए । गत वर्ष मे ३१ मा क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजकै साथमा बसेर जिदानले भनेका थिए कि टोलीले उनको साथ जित हासिल गर्न सक्दैन । तर, उनीहरू जिदानबिना जित्न असफल भए । सुरुमा बर्खास्तीमा परेका स्पेनका प्रशिक्षक जुलियन लोपेटेगीको साथमा र, त्यसपछि अन्तरिम हुँदै स्थायी प्रशिक्षक बनेका सान्टियागो सोलारी, जसको नेतृत्वमा टोली ६ दिनको बीचमा मुख्य तीन प्रतिस्पर्धाबाट लगभग बाहिरिएको थियो ।


सोलारीको बहिर्गमन निश्चित थियो । तर ला लिगाको बाँकी ११ खेलका लागि उपयुक्त विकल्प आवश्यक बन्यो । मड्रिडको संकटपूर्ण समयमा कोही पनि त्यो जोखिम हासिल गर्न तयार देखिएका थिएनन् । परिस्थिति कसरी बदलियो त ? भन्ने प्रश्नको जवाफमा जिदानले भने, ‘जब अध्यक्षले मलाई बोलाउनुभयो र मलाई लाग्यो– जाउँm । जिदान स्पेनमै बस्छन् । उनले केही खेलहरू पनि हेरेका छन्, जबकि उनका तीन छोराहरू क्लबमै विभिन्न स्तरमा फुटबल खेलिरहेका छन् । बाहिरबाट देखिएजस्तै आफ्नो पुनरागमनलाई उनले पनि करिअरमा छलाङको रूपमा मान्न सक्दैनन् । तर पनि उनका लागि सबैभन्दा बढी लालच यो हुन सक्छ कि टोली आफ्नो स्वभाविक लय भेट्टाउन असफल छ । महान् प्रशिक्षक र खेलाडीमा हमेसा एक आत्मविश्वास हुन्छ । उनीहरूका लागि जुनसुकै समस्या पनि निकै ठूलो हुँदैन ।


जिदानलाई थाहा छ कि लगातार तीनपल्ट च्याम्पियन्स लिगको उपाधि जितेको भन्दा धेरै अधिकार लिएर उनी पुनरागमन गर्न पाउनेछन् । जसरी दुई प्रशिक्षक आए, गए । बर्नबाउको सीट खाली हुँदा र बार्सिलोनाले लगातार अंकतालिकामा अग्रता बढाइरहँदा जिदानको महत्व र मूल्य बढ्दै गयो । म फर्केर आएँ किनभने अध्यक्षले मलाई बोलाउनुभयो । म उहाँलाई सम्मान गर्छु, यो क्लबलाई सम्मान गर्छु,’ उनले भने, ‘अर्को वर्षसम्ममा निश्चित रूपले हामी हरेक कुरा परिवर्तन गर्नेछौं ।’ जिदानले सिजनको अन्त्यसम्म कुर्न सक्थे तर त्यतिबेलासम्म यो अवसर गुम्न सक्ने भय थियो । जोसे माउरिन्होले सार्वजनिक रूपमै आफ्नो इच्छा व्यक्त गरिसकेका थिए ।


अध्यक्ष पेरेजमाथि समर्थकसहितको चौतर्फी दबाब बढदो थियो । केही अखबारले मत सर्वेक्षणलाई आधार बनाउँदै मड्रिडको असफलतामा प्रशिक्षक सोलारीभन्दा बढी क्लब प्रशासन दोषी रहेको समाचार प्रकाशित गरेका थिए । कप्तान सर्जियो रामोसको नेतृत्वमा खेलाडीहरूले पनि आलोचना गर्न थालेका थिए ।


गएको साता आयाक्ससँगको पराजयपछि आक्रामक देखिएका कप्तान रामोसले क्लब प्रशासन र अध्यक्ष पेरेजप्रति लक्षित गरी भनेका थिए, ‘समस्याको कारक खराब योजना हो ।’ जिदानजस्ता प्रशिक्षकले यस समस्याको पूर्ण समाधानका लागि प्रयास गर्नुपर्छ ।


‘हामीलाई एक सानदास युगको सुरुआत गर्नुपर्ने आवश्यकता छ,’ पेरेजले भने, ‘यही कारणले हामीले जिनेदिन जिदानलाई स्वागत गरेका छौं ।’ जिदानले अबको तीन महिनामा क्लबमा गर्नुपर्ने परिवर्तनका बारेमा निर्णय गर्नुपर्नेछ । उनी प्रस्ट योजनाका साथ फर्किएका छन् । गत सिजन मड्रिडले लगातार तेस्रो वर्ष च्याम्पियन्स लिगको उपाधि जित्दै गर्दा ला लिगामा विजेता बार्सिलोनासँग १७ अंकले पछि थियो । अहिले १२ अंकले पछि छ ।


‘मैले यो भुल्दिन कि हामीले के–के जित्यो तर म ती खराब कुराहरू पनि कहिल्यै बिर्सने छैन कि गत सिजन हामीले के गर्न सकेनौं,’ उनले भने । अधिक खर्चका लागि उनले पर्याप्त अधिकार पाउन सक्छन् । तर जिदानका लागि सबैभन्दा ठूलो चुनौती भनेको सुधार र क्रान्तिको सन्तुलन मिलाउनु हो । नयाँ सुरुवातले त्यस्ता प्रतिभालाई असर पु¥याउन सक्छ जसले पछिल्लो समय आफ्नो स्तरमा व्यापक सुधार गरिरहेका छन् ।

युवा खेलाडीहरू भिनिसियर जुनियर, सर्जियो रेगुइलन, मार्कोर लोरेन्टेजस्ता खेलाडी प्रत्यक्ष मारमा पर्न सक्छन् । रोनाल्डो गए, यो कुरा कसैले लुकाउन सक्दैन कि टिमले उनलाई सम्झिरहेको छ । त्यो शून्यता भर्नका लागि मैदानमा अन्य खेलाडीहरू संघर्षरत छन् । ग्यारेथ बेल र जिदान गत सिजनको मध्यदेखि बोलचाल गरेको पनि नगण्य देखिएको थियो । फ्रान्सेली प्रशिक्षकको पुनरागमन निश्चित रूपमा उनका लागि उत्साहजनक छैन । उच्च सम्भावना यो छ कि उनले बिदाइ लिनेछन् ।


निर्णय मार्सेलो र इस्कोमाथि पनि गर्नुपर्ने आवश्यकता हुनेछ । किनभने दुवैको प्रदर्शन यो सिजन सुक्खा छ । केलर नाभास जिदानका मनपर्ने गोलरक्षक थिए, जो थियावट कोर्टवाका लागि समस्याको कारक बन्न सक्छ । लुका मोड्रिडले महसुस गर्न सक्नेछन् कि यो केही नयाँ गर्ने समय हो । जिदानको मुख्य हतियार भिनिसियस हुन्, जो गोलीगाँठाको चोटका कारण सायद यस सिजन खेल्न सक्दैनन् । उनी मड्रिडका चम्किला तारा हुन् । अग्रपंक्तिका तीनमध्ये बायाँ क्षेत्रबाट १८ वर्षीय ब्राजिलियन युवालाई जिम्मेवारी दिन सकिन्छ । जुन स्थानका लागि चेल्सीका इडेन हाजार्डलाई मड्रिडले आँखा लगाइरहेको छ । तत्कालका लागि रियल मड्रिडले अधिक आत्मविश्वासका साथ शनिबार सेल्टा डी भिगोसँग खेल्दै छ । यस खेलले प्रस्ट पार्नेछ कि जिदान कहिल्यै टाढा भएकै थिएनन् ।

प्रकाशित : फाल्गुन २९, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?