कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

थ्रीस्टारविरुद्ध हिमालयन शेर्पाको सान

विप्लव भट्टराई

इलाम — हिमालयन शेर्पा क्लबले डिफेन्डिङ च्याम्पियन थ्रीस्टार क्लबलाई ३–१ ले स्तब्ध बनाउँदै इलाममा जारी पाँचौं आमन्त्रण टुबोर्ग माईभ्याली गोल्डकप फुटबलको सेमिफाइनल यात्रा तय गरेको छ । सुरुआती अग्रता जोगाउन नसक्दा उपाधि रक्षाको गर्ने लक्ष्यमा आएको थ्रीस्टार निराश भएको हो । 

थ्रीस्टारविरुद्ध हिमालयन शेर्पाको सान

खेलको १४ औं मिनेटमा अनिल गुरुङले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाए । विजय धिमालको क्रसमा अनिलले हिमालयन शेर्पाको डिफेन्स चिर्दै गोलरक्षक एलन न्यौपानेलाई कुनै मौका दिएनन् । तर थ्रीस्टारको खुसी धेरैबेरसम्म भने टिकेन । १९ औं मिनेटमा हिमालयनका विजय श्रेष्ठले बराबरी गोल फर्काए ।


पहिलो हाफ बराबरी रहे पनि हिमालयनले दोस्रो हाफमा थ्रीस्टारविरुद्ध दबाब सिर्जना गर्‍यो । आक्रामक रणनीतिमा रहेको हिमालयनले ६८ औं मिनेटमा अर्को गोल थप्यो । त्रिदेव गुरुङले हिमालयनलाई अग्रता दिलाएपछि भने थ्रीस्टारलाई समस्या थपिएको थियो । ७४ औं मिनेटमा सुनील खड्काले अर्को गोल गर्दै हिमालयनको जित निश्चत पारे ।


पहिलो खेलमा हङकङ–नेप्लिज एकेडेमीलाई ५–१ ले हराउँदा सुनीलले ह्याट्रिक गरेका थिए । थ्रीस्टारले वाई पाएर सिधैं क्वाटरफाइनल खेलेको हो । फाइनलका पुग्नका लागि हिमालयन शेर्पाले मेची नेत्रालय झापा र त्रिभुवन आर्मीको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।


प्लेइङ सेटका भरपर्दा ६ खेलाडीबिना नै मैदान उक्रिएको थ्रीस्टारलाई सुरुदेखि नै हिमालयनले कडा दबाब दिएको थियो । थ्रीस्टारका अनन्त तामाङ, दिनेश राजवंशी, रञ्जित धिमाल, वित्रम लामा, सुनील बल र रञ्जन विष्ट राष्ट्रिय टोलीको तयारीमा रहेकाले थ्रीस्टारको उपाधी होडमा धक्का लग्यो । पोखराको आहा र सिमरा गोल्डकपमा आर्मीलाई हराउँदै उपाधि उचालेको थ्रीस्टार खप्तड गोल्डकप र भुटानमा उपविजेता भएर आएको थियो । यो सिजन ६ प्रतियोगितामध्ये झापा र इटहरीमा भने थ्रीस्टार फाइनल पुग्न सकेन ।


प्रशिक्षक मेघराज केसीले प्रतिद्वन्द्वीको खेलबारे प्रशंसा गरे । ‘सुरुआती क्षणदेखि नै कडा चुनौती पाएका थियौं,’ उनले भने, ‘पहिलो रोजाइका खेलाडीको अभाव पनि खडकयो ।’ लिगको तेस्रो स्थानमा रहेको थ्रीस्टारलाई पराजित गर्दा सातौं स्थानको हिमालयन भने खेलाडीको टिमवर्कलाई जस दिइरहेको थियो ।


‘हामीले सिमरा गोल्डकपमा सेमिफाइनलमा हारेको बदला पनि लिनु थियो,’ प्रशिक्षक विजेन्द्र पुडासैनीले भने, ‘अर्को खेलमा अझै सुधार गर्नेछौं ।’ लक्ष्मण जिसीलाई बेन्चमा राखेर हिमालयनले विजय श्रेष्ठलाई सुरुआती टिममा उतारेको थियो । खेलमा हिमालयनका उलरिच सिवे म्यान अफ द म्याच घोषित भए । बुधबार दाउफिन्स टिम क्यामरुनविरुद्ध एपीएफ मैदानमा उत्रने छ ।

प्रकाशित : फाल्गुन ३०, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?