१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

साफ महिला च्याम्पियनसिप : बंगालदेश र भुटान भिड्दै

भुटानले बंगलादेशलाई पराजित गर्न नसके नेपाल सेमिफाइनलमा
राजु घिसिङ

विराटनगर — दुई वर्षअघि फाइनल खेलेको बंगलादेशले बिहीबार कमजोर मानिएको भुटानविरुद्धको खेलमार्फत् पाँचौं साफ वुमेन्स च्याम्पियनसिपको यात्रा सुरु गर्दै छ ।

साफ महिला च्याम्पियनसिप : बंगालदेश र भुटान भिड्दै

च्याम्पियनसिपको तेस्रो दिन सहिद मैदानमा हुने खेलमा बंगलादेशले सफलता हात पार्ने अनुमान गरिएको छ । सन् २०१० को पहिलो साफ महिला च्याम्पियनसिपमा बंगलादेशले भुटानलाई ९-० ले पराजित गरेको थियो । २०१२ को दोस्रो साफमा बंगलादेशले भुटानमाथि १-० को सफलता पाएको थियो । त्यसयता यी दुई टिम साफमा पहिलोपल्ट प्रतिस्पर्धा गर्न लागेका हुन् ।


बंगलादेश चौथो साफ २०१६ को उपविजेता हो । भुटानले साफको इतिहासमा कुनैपनि खेल जितेको छैन । पहिलो साफ २०१० मा श्रीलंकाविरुद्ध १-१ को बराबरी गरेबाहेक बाँकी सबै खेल उसले हारेको छ ।


घरेलु टिम नेपालले पहिलो खेलमा भुटानलाई ३-० ले पराजित गरेको थियो । त्यसैले तीन देश सहभागि समूह ‘ए’को प्रतिस्पर्धामा बंगलादेशविरुद्ध हारेको अवस्थामा भुटान च्याम्पियनसिपबाटै बाहिरिनेछ । बराबरी नतिजा निस्किएको नेपाल र बंगलादेशबीच शनिबार हुने खेलले यो समूहबाट सेमिफाइनल पुग्ने अर्को टिमको टुंगो लगाउनेछ ।


समूह ‘बी’मा बुधबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन भारतले माल्दिभ्सलाई ६—० ले पराजित गरेको थियो । भारत साफ महिला च्याम्पियनसिपमा अघिल्ला चारै संस्करणको विजेता हो ।

प्रकाशित : फाल्गुन ३०, २०७५ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?