साफ महिला च्याम्पियनसिपमा नेपाल र बंगलादेश सेमिफाइनलमा

राजु घिसिङ

(विराटनगर) — बंगलादेशले पाँचौं साफ वुमेन्स च्याम्पियनसिपमा बिहीबार भुटानलाई २—० ले पराजित गरेको छ । यससँगै तीन टिम रहेको समूह ‘ए’बाट एक खेल बाँकी छँदै नेपाल र बंगलादेश सेमिफाइनल प्रवेश गरेका छन् । सहिद मैदानमा भएको खेलमा बंगलादेशले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

तस्बिर : हिमालयनजीफुटबल अनलाइन

मौसुमी जाहनले ४७ औं मिनेटमा गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन्। कप्तान सबिना खातुनले ८५ औं मिनेटमा गोल गर्दै बंगलादेशको जित पक्का गरेकी थिइन्। लगातार दोस्रो हारसँगै भुटान साफ वुमेन्स च्याम्पियनसिप २०१९ बाट बाहिरियो। भुटानले साफ महिलाको इतिहासमा हालसम्म कुनै पनि खेल जितेको छैन। पाँचौं संस्करणको उद्घाटन खेलमा नेपालले मंगलबार भुटानमाथि ३—० को जित हात पारेको थियो।

Citizen

समूह ए को अन्तिम खेलमा शनिबार नेपाल र बंगलादेश भिड्नेछन्। सुरुको तीनपल्टको उपविजेता नेपाल र चौथो साफको फाइनल खेलेको बंगलादेशवीचको खेलले समूह विजेताको टुंगो लगाउनेछ।
च्याम्पियनसिपअन्तर्गत् समूह बी मा रहेका श्रीलंका र माल्दिभ्सवीच शुक्रबार प्रतिस्पर्धा हुनेछ।

प्रकाशित : फाल्गुन ३०, २०७५ १७:२०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सांसदले उप्काए १० लाखको पर्खाल

एलिसा श्रेष्ठ

भाेजपुर — भाेजपुर नगरपालिकाको वडा नं. ५ मा बहिरा आवासीय विद्यालयको बार तथा पर्खाल मर्मत, सम्भार तथा निर्माण कार्य गुणस्तरहीन पाएपछि सांसद सुदन किरातीले उप्काइदिएका छन् । यही मंगलबार निर्माण अनुगमन तथा निरीक्षणको क्रममा काम गुणस्तरहीन पाएपछि आफैले घेराबार उप्काएका हुन् ।

घेराबारा तथा पर्खाल मर्मत, सम्भार तथा निर्माणको स्थलगत अनुगमन गर्दै सांसद सुदन किराती । तस्विर / एलिसा श्रेष्ठ

‘बालुवा र सिमेन्ट कम प्रयोग गरेको रहेछ, बनाउँदा नै भत्किन थालेको रहेछ,’ उनले भने। अत्यन्तै लापरवाही तरिकाले काम भएकोले पुनःनिर्माण नगरे बजेट रोक्का गर्ने निर्माण समितिलाई चेतावनीसमेत दिएका छन्।

पुरानो पर्खालमाथि नै घेराबाराको इस्टिमेट गरेको थाहा पाएदेखि मर्मतसम्भार योजना समितिका अध्यक्ष दिपा सुवेदीलाई गुणस्तरीय काम गर्न बहिरा संघ भोजपुरका अध्यक्ष सिताराम ओझाले पटक–पटक सचेत गराएका थिए। ओझालाई निर्माण समितिले नपत्याएपछि अनुगमनका लागि सांसदलाई गुहारेका गरेका थिए।

सांसदको चेतावनीपछि योजना समिति अध्यक्ष सुवेदीले भने प्राविधिकको इस्टिमेट अनुसार नै काम गरेको जिकिर गरिन्। उनले भनिन् ‘बहिराहरुको एकलौटी कुरा सुनेर माननिय ज्युले त्यसो गर्नु भयो, त्यो उहाँकाे नैतिकताले दिने हो कि होईन?’१० लाखको उक्त योजनाका लागि चालु आर्थिक बर्षको पुर्वाधार क्षेत्र बिकास कोषबाट बजेट छुट्याइएको थियो। विद्यालयमा १० जना बहिरा विद्याथीहरु अध्ययनरत छन्। समितिले गत माघ २० बाट काम थालेको थियो।

प्रकाशित : फाल्गुन ३०, २०७५ १७:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT