१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

साफ वुमेन्स च्याम्पियनसिप : श्रीलंका र भारत सेमिफाइनलमा

राजु घिसिङ

विराटनगर — पाँचौ साफ वुमेन्स च्याम्पियनसिपको चौथो दिन शुक्रबार सहिद मैदानमा श्रीलंकाले माल्दिभ्सलाई २—० ले पराजित गरेको छ ।
यससँगै श्रीलंका र डिफेन्डिङ च्याम्पियन भारत समूह 'बी’मा एक खेल बाँकी छदैँ सेमिफाइनल प्रवेश गरेकाे छ ।

साफ वुमेन्स च्याम्पियनसिप : श्रीलंका र भारत सेमिफाइनलमा

माल्दिभ्स भने लगातार दोस्रो हारसँगै समूह चरणबाटै बाहिरियो । माल्दिभ्सले पहिलो खेलमा भारतविरुद्ध ६—० को हार व्यहोरेको थियो । भारत र श्रीलंकाबीच आइतबार हुने खेलले समूह विजेताको टुंगो लगाउनेछ । श्रीलंकाका लागि दुवै गोल कुमारी इकानायकेले गरिन् । उनले ३७ औं मिनेटमा गोल गर्दै श्रीलंकालाई अग्रता दिलाएकी थिइन् । दोस्रो गोल ५० औं मिनेटमा गरिन् ।


श्रीलंकाले साफ वुमेन्स च्याम्पियनसिपमा तेस्रोपल्ट सेमिफाइनल यात्रा तय गरेको हो । यसअघि उसले सन् २०१० र २०१२ मा साफमा सेमिफाइनल खेलेको थियो । माल्दिभ्स भने एकपल्टमात्र अन्तिम चारमा पुगेको थियो ।


च्याम्पियनसिपको पाँचौं दिन शनिबार घरेलु टिम नेपाल र गत बर्षको उपविजेता बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । यसअघि नै सेमिफाइनल पुगिसेका यी दुईको खेलले समूह 'ए’ मा विजेता, उपविजेताको निर्णय गर्नेछ ।

प्रकाशित : चैत्र १, २०७५ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?