२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

युनाइटेड र बार्सिलोना भिड्ने

एएफपी

नियोन — इंग्लिस प्रिमियर लिगको दुई टोलीको भिडन्तमा म्यानचेस्टर सिटी र टोटेनहम हट्स्पर च्याम्पियन्स लिगको सेमिफाइनलमा आमने–सामने हुने भएका छन् । शुक्रबार नियोनमा गरिएको अन्तिम आठको ‘ड्र’ मा यी दुई टोलीले एकअर्कालाई प्रतिद्वन्द्वी पाएका हुन् ।

एक दशकपछि इंग्ल्यान्डका चार टोलीले क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्दै छन् । म्यानचेस्टर युनाइटेडले बार्सिलोना र लिभरपुलले एफसी पोर्टोको सामना गर्नेछन् । अर्को एक प्रतिस्पर्धामा युभेन्ट्सले अयाक्सलाई प्रतिद्वन्द्वी पाएको छ । सिटी र टोटेनहमको विजेताले सेमिफाइनलमा युभेन्ट्स र अयाक्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।


लिभरपुल र पोर्टोबीचको विजेताले म्यानचेस्टर युनाइटेड र बार्सिलोनाबीचको विजेतासँग खेल्नेछ । लिभरपुल बुधबार बार्यन म्युनिखलाई दोस्रो लेगमा ३–१ ले पराजित गरी अगाडि बढेको हो ।


पहिलो लेगमा २–० ले पछाडि परेको अवस्थामा म्यानचेस्टर युनाइटेडले अघिल्लो साता पेरिस सेन्ट जर्मेन (पीएसजी) मा ३–१ को सनसनीपूर्ण नतिजा निकालेको थियो । क्वाटरफाइनल पहिलो लेग अप्रिल ९ र १० मा हुनेछ ।

प्रकाशित : चैत्र २, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?