१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिपमा अजितकुमार यादवले जिते स्वर्ण पदक

एथ्लेटिक्समा नेपाललाई ऐतिहासिक सफलता

काठमाडौँ — हङकङमा जारी तेस्रो एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालका अजितकुमार यादवले स्वर्ण पदक जितेका छन् । आइतबार भएको ३ हजार मिटर दौडमा भारत, जापान, यमन लगायतका प्रतिस्पर्धीलाई पछि पार्दै नेपाल एपीएफ क्लबका खेलाडी अजितले स्वर्ण जितेका हुन् ।

एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिपमा अजितकुमार यादवले जिते स्वर्ण पदक

उनले निर्धारित दूरी ८ मिनेट ३०.३२ सेकेण्डमा पूरा गरे । दोस्रो स्थानमा रहेका भारतका अमित जंगजीर ८ मिनेट ३६.३४ सेकेण्डमा दूरी पूरा गरी रजत र ८ मिनेट ३८.६० सेकेण्डमा निर्धारित दूरी पूरा गरेका यमनका गामिल अल हामातीले काश्य पदक पाए ।


जुनियर एथ्लेटिक्समा नेपालले एशियाली स्तरमा पहिलो स्वर्ण जितेको हो । वास्तवमा एशियाली एथ्लेटिक्स च्याम्पियनसिपमा जीतबहादुर केसीले नेपाललाई पहिलो पदक जितेयता एशियाली एथ्लेटिक्समा नेपालले अहिलेसम्म पदक जित्न सकेको छैन ।


नेपाल एथ्लेटिक्स संघको विवादका कारण यस प्रतियोगितामा नेपालको सहभागिताको टुंगो अन्तिम समयमा लागेको थियो । एपीएफका खेलाडी अजितसँग राष्ट्रिय प्रशिक्षकको रुपमा एपीएफकै प्रशिक्षक धनीराम चौधरी गएका छन् ।

प्रकाशित : चैत्र ३, २०७५ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?