देवदह सेमिफाइनलमा

काठमाडौँ — तिरुपति क्रिकेट क्लब भैरहवालाई ३३ रनले पराजित गर्दै देवदह क्रिकेट युनिट नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । 

सिद्धार्थ रंगशालामा आइतबारको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको देवदहले निर्धारित ५० ओभरको खेलमध्ये २५.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय २२ रन बनायो । अर्जुन रायमाझी ४५ र प्रेम श्रेष्ठको १७ रन जोडे । तिरुपतिका देव खनालले ५, शरद रायले २ र केशव पौडेलले २ विकेट लिए ।


तिरुपति २८.५ ओभरमा ८९ रनमा अलआउट भयो । देव खनालले १९ र विशाल पौडेलले १७ रन बनाए । देवदहका सुरज खड्का र अर्जुन रायमाझीले समान ३ तथा विशाल श्रेष्ठले २ विकेट लिए । देवदहका अर्जुन रायमाझी म्यान अफ दी म्याच घोषित भए ।


सोमबार साई ग्लोबल कलेज भैरहवा र न्यू होराइन क्रिकेट क्लब बुटवलबीच प्रतिस्फर्धा हुनेछ । अहिलेसम्म लुम्बिनी खुकुरी क्रिकेट क्लब बेलहिया, वेस्टर्न त्रिकेट क्लव र देवदह क्रिकेट युनिट गरी तीन टिम सेमिफाइनलमा प्रवेश गरेका छन् ।

प्रकाशित : चैत्र ४, २०७५ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?