२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

नेपालको सेमिफाइनल प्रतिद्वन्द्वी श्रीलंका

भारत ५–० श्रीलंका 
विनोद भण्डारी

विराटनगर — डिफेन्डिङ च्याम्पियन भारतले श्रीलंकालाई आइतबार ५–० गोलले हराएर समूह विजेता बन्दा पाँचौं साफ वुमेन्स च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा भारतको भेट उपविजेता बंगलादेशसँग र नेपालको श्रीलंकासँग हुनेछ । दुवै सेमिफाइन खेल बुधबार हुनेछ ।

नेपालको सेमिफाइनल प्रतिद्वन्द्वी श्रीलंका

श्रीलंकाविरुद्ध सहिद रंगशालामा आइतबार सर्वत्र छाएको भारतको तर्फबाट पहिलो हाफमा चार गोल सम्भव हुँदा खेलको चौथो मिनेटमा ग्रेस दाङमेको गोल मार्फत अग्रता लियो । मिडफिल्ड सानुले डिबक्सबाट प्रहार गरेको बल पोस्टको माथिल्लो बारमा लागेर फर्किंदा अनमार्क रहेकी दाङमेले हेडमार्फत गोल गरेकी थिइन् । दाङमेले माल्दिभ्सविरुद्ध पनि एक गोल गरेकी थिइन् ।


सातौं मिनेटमा भारतले सन्ध्या रंगनाथनको गोलमा अग्रता दोब्बर बनाउँदा ३६ औं मिनेटमा इन्दुमती काथिरसानको गोल मार्फत ३–० गोलको अग्रता लियो । ती दुवै गोलका लागि सानुले सटीक पास मिलाएकी थिइन् । माल्दिभ्सविरुद्ध सानुको नाममा दुई र इन्दुमतीको नाममा पनि एक गोल छ ।


भारतका लागि चौथो गोल पेनाल्टीबाट सम्भव भयो । श्रीलंकाकी डिफेन्स आरडीएल रुसानीले डिबक्समा हातले रोक्दा पाएको पेनाल्टी प्रहारलाई संगीता वास्फोरेले गोलमा परिणत गरिन । भारतबाट पाँचौं गोल रतनवाला देवीको नाममा रह्यो । उनले इन्दुमतीको क्रसलाई सदुपयोग गरेकी थिइन् ।


लिगको समूह ‘बी’ पहिलो खेलमा भारतले माल्दिभ्सलाई ६–० र श्रीलंकाले पनि माल्दिभ्सलाई २–० गोलले हराएर अन्तिम चारको स्थान पक्का गरिसकेका थिए । त्यसैगरी समूह ‘ए’ नेपालले भुटान र बंगलादेशलाई समान ३–० र बंगलादेशले भुटानलाई २–० गोलले हराएर समूह विजेता र उपविजेता बनेका थिए ।


भारत बलियो टिम भएको उल्लेख गर्दै श्रीलंकाका प्रशिक्षक रोहन थिलकले भने त्यस्तो टिमविरुद्ध अन्तर्राष्ट्रिय अनुभव कम बटुलेको आफनो टिमले पहिलो हाफमा रक्षात्मक खेल्ने क्रममा गरेको गल्तीको भारतले राम्रो फाइदा लिँदा फराकिलो गोल अन्तरको हार भोग्नुपरेको टिप्पणी गरे ।


टिमले श्रीलंकाविरुद्ध ५–० गोलको जित दर्ता गर्दा सन्तुष्ट रहेको उल्लेख गर्दै भारतीय प्रशिक्षक मायामोल रोक्कीले आफनो ध्यान सेमिफाइनलमा केन्द्रित रहेको बताइन् । बंगलादेश बलियो टिम रहेको उनको भनाइ थियो ।

प्रकाशित : चैत्र ४, २०७५ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?